• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    साइबर मुद्दामा समातिन थाले युट्युबर, बुधबार यी ४ परे प्रहरीकाे फन्दामा

    529
    SHARES


    काठमाडौँ । नेपालमा पछिल्लो समय निकै विवादास्पद बन्दै गइरहेका युट्युब पत्रकार र युट्युब च्यानललाई नियमन गर्नुपर्ने र त्यसका लागि नियामक निकाय बनाउनुपर्ने माग ब्यापक उठिरहेका बेला एउटा क्यामरा र माइक किनेर आफुलाई आफै पत्रकार स्वघोषणा गर्दै हिड्ने पत्रकारका कारण युट्युब मिडिया जगतकै बद्नाम हुन् थालेको छ।

    नेपालमा युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने युट्युबलाई प्रहरीले पक्राउ गरकाे छ। भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रशारण चरित्र हत्या गर्ने चार वटा युट्युब च्यानलका संचालकलाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे।

    पक्राउ पर्नेमा दैनिक खरब (Dainik Khabar) युट्युब च्यानलका संचालक प्रदिप भण्डारी, हरेक पलकाे खबर (Harek Palko Khabar) युट्युब च्यानलका संचालक शिशिर अधिकारी, सराइचुली मिडिया (Saraichuli Media) युट्युब च्यानलका संचालक पिंकला कार्की र माेर्डन अनलाइन टिभी (Modern Online Tv) युट्युब च्यानलका संचालक रोधन तमाङ रहेकाे साईबर ब्यूराेले जनाएकाे छ।

    युट्युब च्यानल मार्फत पीडित महिलाको तस्वीरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुग्ने गरी सामाग्रीहरु प्रसारण गरेपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई पक्राउ गरिएकाे प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताएका छन्। उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

    नेपालमा युट्युब संचालन भएका सबै युट्युब च्यानलहरु हालसम्म अबैधानिक छन् । उनीहरुको लागि नियमक निकाय नबनेका कारण युट्युब कसरी संचालन गर्ने, कहाँ दर्ता गर्ने र कसरी अनुगमन गर्ने भन्ने नै अन्यौल छ । केही युट्युब च्यानलहरुले भने सोही नामका अनलाइन न्युज पोर्टल दर्ता गरेर त्यसको आफिसिएल च्यानलका रुपमा संचालन गर्दै आइरहेका छन् ।

    दर्ता भएका अनलाइन पोर्टलका नाममा संचालित युट्युब च्यानललाई भने हाल प्रेस काउन्सिलले अनुगमन गरिरहेको छ । काउन्सिलका अनुसार दैनिक १०/१२ वटा भन्दा बढी उजुरी युट्युब च्यानलले गर्दा चरित्रहत्या भएकाबारे नै आउने गरेका छन् । पछिल्लो समय नेपालमा युट्युबले साच्चिकै बिकृति ल्याएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ