• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    विप्लव सहितका २६ दलले २२ गते एमसीसीविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

    1.4K
    SHARES


    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २६ दलिय मोर्चाले असोज २२ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएका छन् । देउवा सरकारले पास गर्न खोजिरहेको अमेरिकी परियोजना एमसीसीको विरोधमा उक्त प्रदर्शन गर्न लागेको मोर्चा आवाद्द पार्टीहरुले जनाएका छन् ।

    ओली सरकारले लगाएको प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएको नेकपासहितका विभिन्न पार्टीहरुले संयुक्त मोर्चा बनाएर एमसीसीविरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएका छन् । संयुक्त मोर्चाले नेपालको संसदबाट एमसीसी कुनै पनि समय पारित हुन सक्ने भन्दै उक्त परियोजना पूर्णतया खारेज नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने जनाएको छ।

    मंगलबार ललितपुरको कुपन्डोलमा सम्पन्न एमसीसी खारेजी अभियानको बैठकले देशभक्त सङ्गठनको सङ्घर्षका कारण उत्पन्न दबाब र विभिन्न पार्टी-सङ्गठनभित्रको विरोधका कारण एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि विदेशी शक्ति केन्द्रहरूको चलखेलका कारण देउवा सरकारले यो राष्ट्रघाती सम्झौता कुनै पनि बेला अनुमोदन गराउन सक्छ भन्दै यसलाई खारेज नगराउँदासम्म संघर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको छ ।

    एमसीसी विरोध कार्यक्रम असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर संसद् भवनअघि पुगी विरोधसभा गर्ने निर्णय भएको बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै बैठकले विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरू, सङ्गठनहरू र व्यक्तिहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

    विगतको केपी ओली सरकार र विप्लवले नेतृत्व गरेको नेकपाकाबीच फागुन २१ मा भएको लिखित सहमतिअनुसार नेकपाका सबै नेता–कार्यकर्ता रिहा भइसक्नुपर्नेमा अदालती प्रक्रिया पूरा गरेर थुनामुक्त भएकाबाहेक कसैलाई रिहा नगरिएको भन्दै लिखित सहमतिमा उल्लिखित सर्तका आधारमा उक्त पार्टीका नेता र कार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न उक्त बैठकले सरकारसँग माग गरेको छ ।

    यस्तै २०६४ साल माघ १० मा भारतको जीएमआर.कम्पनीसँग तत्कालीन नेपाल सरकारले गरेको सम्झौतालाई १४ वर्षदेखि झुलाएर राख्ने र सम्झौतामा भएका कुनै पनि सर्त पूरा नगर्ने काम हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जीएमआर धोकेबाज कम्पनीसँग भएको सम्झौता खारेज गरी कुनै हालतमा म्याद थप नगरी क्षतिपूर्ति भराउने र माथिल्लो कर्णाली परियोजनालाई माथिल्लो तामाकोसीको मोडेलमा नेपाल सरकारले आफैँले सञ्चालन गर्ने काम अगाडि बढाओस् भन्ने यो बैठक जोडदार माग गर्दछ ।’

    एमसीसी सम्झौता खारेजी आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (माले) नेपाल कम्युनिस्ट पार्टी नेपालका लागि नेपाली उन्नत लोकतन्त्र पार्टी नेपाल कम्युनिस्ट पार्टी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नेकपा (माओवादी केन्द्र समाजवादी) नेकपा (माओवादी मोर्चा) राष्ट्रिय जागरण मञ्च आबद्द रहेका छन् ।

    यस्तै जनसमाजवादी पार्टी नेकपा (संयुक्त) वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेकपा (बोल्सेबिक) एमसीसी खारेज अभियान पुष्पलाल अध्ययन समाज स्वतन्त्र राष्ट्रिय अभियान नेकपा माक्र्सवादी (पुष्पलाल) राष्ट्रिय जागरण अभियान नेकपा (जनवादी) सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) माक्र्सवादी एकता अभियान नेकपा (माक्र्सवादी) राष्ट्रिय समाजवादी मञ्च, नेपाल राष्ट्रिय जागरण परिषद् नेपाल समाजवादी ज्ञान केन्द्र रहेको छन् ।

    यस्तै एकअघि भदौ २८ गते विप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिरोधसभा आयोजना थियो । उक्त सभामा २६ दलिय मोर्चा आबद्द पार्टी र संगठनका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने प्राय सबै नेताहरुले एमसीसीलाई राष्ट्रघाती परियोजना भदै यसलाई पूर्ण तय खारेज गर्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा बोल्दै नेकपाका महासचिव विप्लवले नेपालमा कुनै पनि हालतमा अमेरिकी प्रयोजना एमसीसी पारित हुन नदिने र त्यसका बिरुद्ध देशभक्त सम्पूर्ण नागरिकलाई आन्दोलनमा उतार्ने बताएका थिए । विप्लवले कुनै खालका राष्ट्रघाती सम्झौता बिरुद्ध राष्ट्रबादी नेपाली जनता सडकमा आउन तयार हुनुपर्ने भन्दै त्यस प्रकारको आन्दोलनको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया