• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कारागारमा कैदीबन्दीबीच झ’डप, २४ जनाको मृत्यु, यस्तो छ थप विवरण

    1K
    SHARES


    एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

    घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    यस्तै उता उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।

    ‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

    उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।

    साधारण क्षेप्यास्त्र भन्दा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमता हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने बीबीसीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ