• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    फुमिओ किशिडा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

    192
    SHARES


    काठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ ।

    ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन् । दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २५७ भोट पाएका थिए भने कोनोले १७० भोट मात्र पाएका थिए । पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो ।

    अब किशिडाले जापानमा आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछन् । यसअघि तारो कोनो जापानको आगामी प्रधानमन्त्री बन्न सक्ने विभिन्न सर्वेक्षणले देखाए पनि किशिडाले बुधबारको निर्वाचनमा उनलाई पराजित गरेका हुन् ।

    यस्तै उता तीन वर्षदेखि चीनमा रहेका दुई दिदीभाइले अमेरिका फर्किने अनुमति पाएका छन् । चीनले उनीहरुलाई ‘आर्थिक अपराध’को मामिलामा मुलुक छाड्न प्रतिबन्ध लगाएको थियो ।

    किन्थिया र भिक्टर लिउ नाम गरेका दिदीभाइले चिनियाँ प्रहरीले आफ्ना बाबुलाई चीन फिर्ता बोलाउन उनीहरुलाई मुलुक छाड्न रोक लगाएको आरोप लगाएका छन् । उनका बाबुलाई चीनमा ठगीको मुद्दा चलाइएको उनीहरुको भनाइ छ ।

    केही दिनअघि मात्र चिनियाँ प्रविधि कम्पनी हुवावेईकी शीर्ष अधिकारी मेङ वान्झोउ क्यानडाबाट रिहा भएर चीन आइपुगेकी थिइन् । यसै क्रममा चीनले पनि अमेरिकी दिदीभाइलाई आफ्नो मुलुक फर्किने अनुमति दिएको हो ।

    आलोचकहरुले चीनमाथि आम नागरिकलाई राजनीतिक बार्गेनिङ गर्ने आधार बनाएको बनाउँदै आएका छन् । सोमबार अमेरिकी सिनेटरहरुले एक विज्ञप्ति जारी गरेर दुई दिदीभाइ अमेरिका आएको जानकारी दिएका हुन् ।

    उनीहरुले चीन सरकारको बन्धनमा तीन वर्षको कठिन समय बिताएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार अहिले अमेरिका पुगेका दिदीभाइकी आमा सान्द्रा हानलाई पनि चीनमा पक्राउ गरेर हिरासतमा राखिएको छ । उनीहरु तीनैजना अमेरिकी नागरिक हुन् ।

    सन् २०१८ मा तीनैजना चीनमा रहेका आफन्त भेट्न गएका थिए । त्यसको केही समयमा आमालाई प्रहरीले पक्राउ गरेर गोलघरमा थुनेको थियो । उनीहरुलाई पनि चीन छाड्न रोक लगाइएको थियो ।

    त्यतिबेला यो घटनाबारे जानकारी दिँदै चीनले उनीहरुसँग भएको कागजातले उनीहरु चिनियाँ नागरिक भएको देखाएको र उनीहरुले आर्थिक अपराधको मुद्दामा मुछिएको बताएको थियो । एजेन्सीहरुको सहयोगमा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया