• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ‘हामी म’रिसक्यौं भनेर नठान’, अदालतभित्र मा’रिएका गोगीको तस्बिरसहित भाइरल भयो यो मेसेज

    575
    SHARES


    काठमाडौँ । दिल्लीको रोहिणी अदालत परिसरमा भएको सु’टआउटपछि ग्याङ्स्टरबीच सोसल मिडियामा ध’म्कीको सिलसिला सुरु भएको भारतीय सञ्चार माध्यमले बताएको छ । सोसल मिडियामा एक बयान भाइरल भइरहेको छ जसमा भनिएको छ, ‘हामी चुप बसिरहेका छौं भन्नुको अर्थ हामी मरिसक्यौं भन्ने होइन ।

    चाँडै नै धमाका हुनेछ । सडकमा रगत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’ २४ सेप्टेम्बरमा रोहिणी कोर्ट रुममा चर्चित ग्याङस्टर जितेन्द्र उर्फ गोगीको ह’त्या गरिएको थियो । त्यसपछि यस्तै खालको एक बयान सोसल मिडियामा भाइरल भइरहेका छन् ।

    जसमा यी ग्याङ एक–अर्कामाथि हमला गर्ने र रगतको नदी बगाउने दाबी गरिरहेका छन् । ग्याङस्टर गोगीको मृत्युपछि सोसल मिडियामा अर्को एउटा मेसेज भाइरल भइरहेको छ जसले दिल्ली प्रहरीलाई तनावमा पारेको बताइएको छ ।

    गोगीका साथी चर्चित ग्याङस्टर काला जठेडी र लरेन्स विश्नोई समूहले उनको शवको फोटोसहित एउटा मेसेज दिइएको छ । यसमा भनिएको छ, ‘नयाँ युद्धको सुरुवात हो । जो हाम्रो साथमा छैनन् । आजबाट सबैले आफ्नो ध्यान राख्नुहोस् । अब यो युद्धमा कोही पनि सुरक्षित छैनन् । यो जायज होस् वा नहोस् । आजबाट सडकमा रगत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’

    वास्तवमा गोगीको ह’त्या दिल्लीमा ग्याङस्टरबीच हुने ग्याङवारको नतिजा थियो र गोगीको हत्याको अरोप उनको सबैभन्दा ठूलो दुश्मन सुनिल मान उर्फ टिल्लू ताजपुरियामाथि लागेको छ । प्रहरीको सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार मंडोली जेलमा कैद टिल्लूले नै गोगीको हत्याको षड्यन्त्र रचेका थिए । यसबाहेक अन्य थुप्रै सन्देश छन् जसले गोगीको मृत्युपछि दिल्ली–एनसीआरमा रक्तपात नरोकिनेतर्फ इशारा गरिरहेका छन् ।

    अ’प’हरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झु’ण्ड्या’यो
    तालिबानले चारजना अपहरणकारीलाई गो’ली हानी मारेर उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झु’ण्ड्या’एको जानकारी दिएको छ । तालिबानी अधिकारीले अति क्रु’र सजाय दोहोरिन सक्ने भन्दै दिएको चेतावनीको भोलिपल्ट उनीहरुको शव सार्वजनिक स्थलमा राखिएको हो ।

    स्थानीय अधिकारीका अनुसार एक व्यापारी र उनका छोरालाई अपहरण गरेका कारण ती चारजनालाई मारिएको हो ।​ स्थानीयका अनुसार ती शवलाई क्रेनको सहयोगमा सिटी सेन्टरमा झु’ण्ड्या’इएको हो ।​ वाजिर अहमद, एक स्थानीय पसलेले असोसिएटेड प्रेस समाचार एजेन्सीको सहयोगमा चारवटा शवलाई चोकमा ल्याएको र त्यहाँ एकजनालाई झु’ण्ड्या’इएको जानकारी दिए ।

    उनका अनुसार बाँकी शवलाई शहरका अन्य चोकमा डिस्प्लेका लागि लगियो ।​ हेरातका डेप्युटी गभर्नर माउल्वाई सायरले भविष्यमा अपहरणका घटना नदोहोरियोस् भन्नका लागि शवलाई झुण्ड्याएर राखेको बताए ।

    ती चारजनाले एक व्यापरी र उनका छोरालाई अपहरण गरेको भन्ने तालिबानले थाहा पाएपछि उनीहरुलाई गो’ली हानी ह’त्या गरिएको सायरले जानकारी दिए । अपहृत व्यापारी र उनका छोरा दुबैलाई रिहा गरिएको छ । यद्यपि, बीबीसीले ती चारजनालाई कुन परिस्थितिमा मारिएको भनेर स्वतन्त्र रुपमा पुष्टि भनेको गरेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ