• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कार दिने महावीर पुनको घोषणा

    341
    SHARES


    काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी मेसिन बनाउनेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमार्फत उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

    उनले आविष्कार गर्नेहरुलाई प्रोत्साहनका लागि उक्त पुरस्कारको घोषणा गरेको जनाएका छन् । उनले भनेका छन्, ‘बास्तबमा धेरै पैसा भएर पुरस्कार दिने भनेको होइन । साह्रै आवश्यक भएर र अहिलेसम्मको उपायले त्यति राम्रो काम नगरेको हुनाले कसैले गर्छन् कि भनेर प्रोत्साहन गर्नको लागि पुरस्कारको घोषणा गरेका हौँ ।’

    उनले बुद्ध एयरको जहाजको पाङ्ग्रा नखुल्दा अवतरणमा समस्या भएको विषयसँग जोड्दै भनेका छन्, ‘थुप्रै करोड पर्ने र एकदमै नाम चलेको हवाईजहाज बनाउने कम्पनीले पनि त्यत्ति सानो कुरा गर्न बिर्सेछ । नजानेर त पक्कै होइन होला । अवतरण गर्ने बेलामा जहाजको पाङ्ग्रा खुल्यो कि खुलेन भनेर हेर्न एउटा सानो क्यामारा अथवा सेन्सर राख्न बिर्सेछ । त्यति काम त जो सुकैले पनि गर्न सक्थ्यो नि । अब आउने हवाईजहाजहरुमा पक्कै राख्लान् ।’

    उनले यसलाई आवश्यक्ताले नै इनोभेशन अर्थात नवप्रबर्तन को काम हुन्छ भन्ने उदाहारण मात्र दिन खोजेको बनाएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया