• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंबाट ४ वर्षका बालक हराएपछि खोजी गर्दै प्रहरी

    277
    SHARES


    काठमाडाैं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट एक जना बालक हराएपछि प्रहरीले खोजी थालेको छ।

    भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सम्पर्कविहीन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

    उनका अनुसार बालक सोमबार साँझ चार बजेदेखि सम्पर्कविहीन भएका थिए। मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो।

    एसएसपी सिंहले बालक आफ्नै बुवाका छिमेकी साथी शंकर दाससँग गएको देखिएको बताए। तर अहिलेसम्म सम्पर्कमा नआएको हुँदा खोजी भइरहेको उनले बताए।

    ‘एउटै टोलमा बस्नेहरू हुन्। बालक आफ्नो बुवाको छिमेकी साथीसँग गएको देखिएको र उनले रक्सी पनि खाएको भनेर रिपोर्टिङ भएको छ,’ उनले भने,’हामी खोज्दैछौं।’

    विनोद र शंकर दुबै जना सँगै शिशाको काम गर्ने साथीहरू हुन्। अहिलेसम्म यो घटना अपहरण नै हो वा होइन भन्ने खुलिनसकेको उनले बताए। ‘यो अ पहरण हो जस्तो मलाई लाग्दैन,’ उनले भने।

    कसैले फिरौतीको माग गरी परिवारलाई सम्पर्क समेत गरिनसकेको प्रहरीले जनाएको छ। तर अपहरणमा परेको शंका भनेको गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया