• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

    573
    SHARES


    काठमाडौँ । भारतले सोमबार साँझ ‘आकाश प्राइम’ नाम दिइएको क्षे’प्यास्त्रको सफल परीक्षण गरेको छ। भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओका अनुसार नयाँ क्षेप्या’स्त्रको पहिलो परीक्षण सफल भएको हो।

    ओडिशाको चान्दीपुरबाट क्षेप्यास्त्रको परीक्षण गरिएको पीटीआईले जनाएको छ। आकाश प्राइमले पहिलो परीक्षणमै एरियल तार्गेट अर्थात हावामा उडाइएको मानवरहित बस्तुलाई ध्व’स्त बनाउन सफल भएको छ।

    क्षे’प्या’स्त्रको सफल परीक्षणसँगै भारतका रक्षामन्त्री राजनाथ सिंहले डीआरडीलाई क्षेप्यास्त्र विकास गर्न सकेकोमा शुभकामना दिएका छन्। चीनसँग सीमा विवाद जारी रहेको समयमा भारतले क्षे’प्या’स्त्र परीक्षण गरेको हो।

    त्यस्तै यता उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्र’हार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले आज बिहान मिसाइल प्र’हार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

    यसअघि दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रु’ज र ब्यालिस्टिक मिसाइल प्र हार गरेको दाबी गरेको थियो । जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक मिसाइल संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको मिसाइल भएको बताएका छन् । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले यस घटनामाथि अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।

    यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्व आणविक हतियार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् ।

    उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महासचिव गुटर्रेसले यो हतियार मानवता विरुद्धको र घातक भएकोले विश्वबाट नै उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो । तर अहिले पनि आणविक हतियारहरू विश्वमा चुनौतीका रुपमा रहेको उनले बताए ।

    उनले गएको एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रुपमा रहेको पाइएको भएपनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनले बताए । त्यसैले यी सबै हतियारहरू विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघ समक्ष रहेको उनको भनाई थियो । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया