• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मन्त्री छान्न बसेको माओवादी केन्द्रको बैठक स्थगित

    421
    SHARES


    काठमाडौँ । मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।

    तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए । अध्यक्ष प्रचण्डको सचिवालयले भने बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताएको थियो ।

    सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नै संगाठानिक कामबारे छलफल हुने जनाइएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया