• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

    480
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । उनलाई बुधबार बैंकक लगिने पारिवारिक सुत्रले पुष्टि गरेको छ । यसअघि ४ वर्ष पहिला पुनको उपचार बैंककमा भएको थियो ।

    जण्डिसको समस्याबाट पीडित पुनको काठमाडौँस्थित सुमेरु असपतालमा स्वास्थ्य जाँच गरिएको थियो । उनको स्वास्थ्यबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुन निवासमै पुगेका थिए ।

    यस्तै यता राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

    सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ । देउवा प्रधानमन्त्री बनेको अढाई महिना हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको थियो ।

    मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने बालुवाटार स्रोतले पुष्टि गरेको छ । माओवादी केन्द्र र जसपाले मन्त्री बन्ने नेताहरुको सूची नबुझाएकाले मन्त्रिपरिषद् विस्तार नहुने स्रोतले बतायो । सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने बालुवाटार स्रोतको दाबी छ ।

    सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।

    तर मन्त्रालयबारे भने सहमति नभइसकेको दलहरुले बताएका छन् । मन्त्रीको संख्यामा टुङ्गो लागेपछि कांग्रेसले आफ्नो बाँकी रहेको कोटाका लागि मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरी तथा भिमसेनदास प्रधानमध्ये एकजनालाई मन्त्री बनाउने सहमति भएको छ ।

    उता नेकपा एसले पनि ५ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ । थप एकजनाबारे भने निर्णय भइनसकेको नेकपा एसका एक नेताले जानकारी दिए । नेकपा एसबाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।

    माओवादी केन्द्रले मंगलबार मन्त्रीको टुंगो लगाउने भने पनि सोमबार लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । उता जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी काठमाडौँ बाहिर छन् । जसपाले पनि मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया