• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    लुम्बिनी समाचार

    नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा हात हालाहाल

    268
    SHARES


    नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा खर्चका विषयलाई लिएर हात हालाहाल भएको छ । सोमबार दिउँसो वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो ।

    कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको हो । सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ ।

    उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको बताइन् । उनले यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएपछि विवाद भएको बताइन् ।

    बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपाका र कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् । विवाद साम्य बन्दै गएपछि फेरि बैठक बसेको उपप्रमुख थापाले बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ