• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    झन्डै दुर्घटनाबाट बचेको विमानमा सवार यात्रुको बयान- जहाजभित्रै रुवाबासी चल्यो,आश मारिसकेका थियौँ

    611
    SHARES


    काठमाडौँ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेर पुनः काठमाडौं नै फर्किएको बुद्ध एयरको जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ। विमान सकुशल अवतरण भएसँगै ठूलो दुर्घटना टरेको छ।

    ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन। त्यसपछि उक्त ७३ यात्रु सवार जहाज पुनः काठमाडौं नै फर्किएको थियो। काठमाडौं फर्किँदासम्म पनि विमानको समस्यामा सुधार नआएपछि विमान काठमाडौंकै आकाशमा घुमिरहेको थियो।

    सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय ‘झन्डै २ घण्टा’ आकाशमै होल्ड हुन परेको थियो।

    काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। यसरी बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ।

    यात्रुको अनुभव
    बुद्ध एयर आज अवतरण हुन नसकेपछि विमान आकाशमै हुँदा यात्रुहरुको रुवाबासी चलेको एक यात्रु अनमोल प्रधान बताउँछन्।

    उनी भन्छन्,‘विमान अवतरण अब होला अब होला भन्दाभन्दै विमान अवतरण हुन सकेन। विमानमा यात्रुहरु रुन र कराउन थालेका थिए। जसका कारण नडराएका मानिसहरु पनि आत्तिन थाले। केही मानिस बेहोस भएका थिए।’

    उनी रुँदै भन्छन्,‘हामीले हाम्रो ज्यान जोगिन्छ भनेर आशा मारिसकेका थियौं। विमान अवतरण हुनेबेला त्यहाँ तल दम्कल, आर्मी प्रहरी तयारी अवस्थामा देख्दा ज्यान जान्छ भन्ने सोचेका थियौं। हामीलाई भगवानले मात्र बचाएको जस्तो लाग्छ। भगवान पशुपति नाथको कृपाले बाँच्यौं। हामी सबै हात जोडेर भगवान सम्झिँदै बसिरहेका थियौं।’

    विराटनगरमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको जहाजमा के भएको थियो ?

    काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। जहाज सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ।

    ‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे ।

    सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।

    ‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

    ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

    जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’

    काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ