• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    ईपीएल क्रिकटमा आज पनि दुई खेल हुँदै

    442
    SHARES


    काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुने पहिलो खेलमा काठमाडौँ किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन्

    पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

    करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । दिउँसो १:३० बजे सुरु दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्स खेल्दैछन् ।

    शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो । चितवन लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया