• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    नेपाली बजारमा आज कति छ सुनको मुल्य ?

    413
    SHARES


    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला रु ८८ हजार ५५०मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० ले घटेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएकामा आज रु एक हजार १५० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया