• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न, को-को भए नयाँ पदाधिकारी ?

    2.8K
    SHARES


    पोखरा । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विगत चार दिनदेखि पोखरामा जारी राष्ट्रिय सम्मेलन शनिबार साझ सकिएको हो । देशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी सम्मेलनको बन्द सत्रबाट संगठनको अध्यक्षमा प्रकाश शाहीलाई निर्वाचित भएका छन् ।

    सम्मेलनले संगठनको उपाध्यक्षमा नरेन्द्र बिक, महासचिवमा मिलन राइ, सचिवमा बिरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढा मगरलाई निर्वाचित गरेको छ । यस्तै सम्मेलनले १ सय ५ जना सदस्य रहने गरि केन्द्रीय समिति चयन गरेको छ । यस्तै राष्ट्रिय सम्मेलनले साङ्गठनिक प्रतिवेदन र विधान पनि पारित गरेको छ । साथै सम्मेलनमा सम्मेलन आयोजक समितिका सदस्यहरुले भूगोल र आआफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गरिसकेका थिए ।

    शुक्रबार सेती–महाकाली, भेरी–कर्णाली, राप्ती, लुम्बिनी, गण्डक, धौलागिरि, नारायणी, उपत्यका, ताम्सालिङ, जकपुर, सगरमाथा, मेची–कोसी ब्युरो भूगोलका ७७ जिल्लाका प्रतिनिधिहरूले चयन गरेका संयोजकले साङ्गठनिक प्रतिवेदन र विधानमाथिको रिपोर्ट प्रस्तुत गरेका थिए ।

    यस्तै गैरभौगोलिक जिल्लाका रूपमा रहेका आईटी विभाग, कृषि विभाग, इन्जिनियरिङ विभाग, मेडिकल विभाग, सीटीईभीटी, केन्द्रीय कार्यालय, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत जिल्ला र विभागका प्रतिनिधिले पनि आआफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    सम्मेलनबाट निर्वाचित कमिटीलाई नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सदस्यहरू शिलु, मिलन, अटल, एटमलगायतका नेताहरुले शुभकामना ब्यक्त गरेका छन्।सम्मेलनबाट निर्वाचित कमिटीले नेकपाले लिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अनुसार आफ्ना गतिविधिलाई लागु गर्ने र शैक्षिक आन्दोलनमा संगठन केन्द्रित हुने नव निर्वाचित अध्यक्ष प्रकाश शाहीले जनाएका छन् ।

    यस्तै नवनिर्वाचित महासचिव मिलन राइले नेपालको शिक्षा नीतिका कारण अबैज्ञानिक बनेको शिक्षा प्रणाली र त्यसले पैदा गरेको बेरोजारिको समस्यालाई समधान गर्न नेपालमा बैज्ञानिक शिक्षा लागु गराउन र त्यस अनुरुपको रणनैतिक लक्ष राखेर संगठन अघि बढ्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ