• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सरकारमा जाँदै रामकुमारी झाक्री, कुन मन्त्रालय पाउँदैछिन ?

    1.6K
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनको भनाइ छ ।

    शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उनले भनिन्, ‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन । मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’

    अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी हुने सचिव झाँक्रीले बताइन् । सरकारमा कहिले सहभागी हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन् । ‘छिटो हुन्छ होला, समय तोकेजस्तै हो’ उनले भनिन् । सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने बताइन् ।

    यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् । आज हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए।

    उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौँ। समाज सेवामा अव्वल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौँ। घमण्ड नगर्नुहोला। ’

    उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’

    उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’

    उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’

    त्यस्तै नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

    भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्काे बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचारविभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

    यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

    प्रमुख भट्टराईले पार्टीभित्रका कतिपय आन्तरिक समस्याका सम्बन्धमा छलफल गर्दै अघि बढ्ने प्रक्रिया चलिरहेको बताए। पार्टीभित्र १० बुँदे प्रस्तावको कार्यान्वयका क्रममा भएका समस्याबारे नेतृत्व तहमा छलफल भइरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया