• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    दुईवटा विमान आकाशमा ठोक्किन्छन्, तर सबै यात्रु जीवित छन्, कसरी ? हेर्नुहोस् यो भाइरल भिडियो

    1.3K
    SHARES


    सामाजि संजालमा कतिबेला के भाइरल हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । केहि दिन देखी २०१३ को एउटा भिडियो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । जसमा दुई वटा स्काइडाइविंग विमानहरु एक आपसमा ठोक्कीएको छ ।

    यसरी ठोक्कीएपछि पायलट र यात्रुहरु विमान बाट हाम फाल्न बाध्य भए । अचम्मको कुरा के छ भने, यसरी विमान दुर्घटनाग्रस्त हुँदा एउटा भुइँमा खसेको थियो भने, अर्को विमान रनवेमा फर्किएको थियो । चमत्कारिक रुपले ९ यात्रुहरु र २ पाइलटहरु मध्ये कोहिपनि दुर्घटनाका कारण गम्भिर घाइते भएनन ।

    स्काईडाइभिङ प्रशिक्षक माइक रोबिन्सनका अनुसार, दुई विमान एकसाथ उडिरहेका थिए किनभने स्काईडाइभर सँगै हामफाल्ने योजना थियो। जब दुबै साना विमानहरु स्काईडाइभर बोकेर आगो संगै दुर्घटनाग्रस्त भयो तब सबै मानिसहरु छक्क परे ।

    घटनाको बारेमा मुख्य पायलट भन्छन् विन्डशील्ड भाँचिएको थियो र उनले हाम फाल्नु अघि ठूलो आवाज सुनेका थिए । विमान हावामा उड्दै गर्दा बिग्रेको थियो, तर सौभाग्य विमान केवल स्काईडाइभरहरुले भरीएको थियो जसका कारण उनिहरु आफ्नो ज्यान जोगाउन सफल भए ।

    https://twitter.com/i/status/1440265808135929858

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ