• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भ्रस्टाचार गर्ने नयाँ तरिका, मुसलधारे बर्षा भइरहेको बेला धमाधम बन्दैछ सडक (भिडियोसहित)

    1K
    SHARES


    काठमाडौँ। चाडो काम सकेर पैसा कुम्ल्याउन नयाँ-नयाँ तरिका अपनाइने गरेका छन्। तपाई हामीले भ्रष्टाचार गर्ने अनौठो तरिका अपनाइएका समाचारहरु धेरै पढिरहेका हुन्छौ । कहिले खोला नभएको ठाउँमा पुल निर्माण गरेका कुरा त कहिले लगानी भन्दा पत्याउनै नसकिने गरि धेरै गुणा बढी रकम खर्च गरि निर्माण कार्य सम्पन्न गरिएका आयोजनाहरुको बारेमा हामीले धेरै खबरहरु पढिरहेका हुन्छौ ।

    हामीले थुप्रै त्यस प्रकारका समाचारहरु सुनिरहेका छौ। अधिकांस स्थानिय सरकारले बनाएका धेरै सडक निर्माणका कार्यहरु एक महिना पनि पुग्न नपाउदै भत्किरहेका हुन्छन। कतिपय कालोपत्रे गरिएको सडक जम्मा एक हप्तामै बिग्रिएका कयौं उदाहरण हाम्रा सामु छन्। भने कतिपय कालोपत्रे हातले सजिलै उठाएर फाल्न सकिने खालका पनि देखिएका छन्।

    यतिमात्र हैन पुल पार्टी पौवा आदि पनि बनाएपछि एक पटक पनि काम नलाग्ने गरि बिग्रिने गरेका छन्। अहिले अधिकांस बिकास निर्माणका कार्यहरु मात्र बजेट पचाउने हिसाबले थालेका छन्। यस्तो कुरा नेपालमा मात्र हैन बिकसित भनिएका देशमा पनि हुन् थालेको समाचारहरु आउँ थालेका छन्।

    त्यस्तै भारत गुजरातको माण्डवी तालुका गोधरा भन्ने ठाउँमा त्यस्तै भ्रष्टाचार गर्ने नयाँ तरिका अपनाइएको समाचार बाहिरिएको छ। मुसलधारे पानि परिरहेको अवस्थामा सडक बनाइरहेको भिडियो सामाजि संजालमा निकै भाइरल भएको छ ।

    उक्त भिडियोमा यस्तो देखिन्छ कि प्रशासन भारी वर्षा भइरहेको अवस्थामा सडक निर्माण कार्य जारी भइरहेको छ। जुन भिडियोलाई कांग्रेस नेता यजुवेन्द्र सिंह जडेजाले  सामाजिक सञ्जालमा शेयर गरेका छन्। उनले उक्त भिडियोलाई शेयर गर्दै “गुजरातको विकास मोडेलको राम्रो उदाहरण” भनि लेखेका छन् ।  भिडियो हेर्नुहोस्।

    वीडियोः बीबीसी गुजराती

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया