• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    वामदेव आउने बाटो हेरिरहेका माधव नेपाललाई झट्का दिदै ओलीले चाले यस्तो कदम

    1.7K
    SHARES


    काठमाडाैं । वामदेव गौतम आफ्नो पार्टी एकीकृत समाजवादीमा आउने बाटो हेरेर बसेका सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल हेरेको हेर्यै हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपा एमालेले पार्टी विभाजनपछि केन्द्रीय कमिटीको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरेको हो ।

    नेकपा एकीकृत समाजवादी (एस) पार्टीतिर सनाखत गरेका केन्द्रीय सदस्यको नाम हटाएर एमालेले बाँकीको विवरण निर्वाचन आयोगमा पठाइएको छ । एमालेले अद्यावधिक गरेको विवरणमा उपाध्यक्ष बामदेव गौतम र सोमप्रसाद पाण्डे यथावत नै रहेका छन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिइसकेका छन् भने पाण्डे एस पार्टीमा जान इच्छुक छन् ।

    उपाध्यक्ष गौतमले एमाले छाड्न राजीनामा दिएपनि अध्यक्ष ओलीले गौतमलाई छाड्न सकेनन् । ओलीले गौतमको राजीनामा स्वीकृत नगरी बरु उनलाई एमालेमै कायम रहेको विवरण निर्वाचन आयोगमा पठाएका छन् ।

    नेता पाण्डेले नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखत गर्न निवदेन दिए पनि आयोगले उनको सनाखत लिन अस्वीकार गरेको थियो । त्यसपछि निर्वाचन आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएर सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । नेकपा एसतिर गएका केन्द्रीय सदस्य विक्रम शाही समेत एमालेकै केन्द्रीय सदस्यका रूपमा यथावत रहेका छन् ।

    यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक केही बेर अघि सुरू भएको हो। बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । यी प्रस्तावहरु छलफल गरी पारित गरिनेछ । नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ