• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    फेरि घट्यो सुनको मूल्य

    1.5K
    SHARES


    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार १६० रुपैयाँ तोकिएको हो ।

    अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ