• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत मनोरञ्जन

    गायिका ईन्दिरा जोशीले ‘फिल्मी शैली’मा कोसँग गरिन इन्गेजमेन्ट ? यी हुन हुनेवाला दुलाहा

    2.1K
    SHARES


    काठमाडाैं । गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका ईन्दिरा जोशीले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता… अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’

    त्यसबेला गायिका ईन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्। त्यसले नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी ईन्दिराका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बढाएको थियो।

    अब त्यो खुल्दुलीको समय सकिएको छ। गायिका ईन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो।

    उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ। टिकटकमा भिडिओ राख्दै ईन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन्।

    यसैबीच उता गायिका नेहा कक्कडले उद्योगमा नाम बनाउन निकै संघर्ष गरेकी छन् । तर लामो समयदेखि उनी ट्रोलरको निसानामा परिरहेकी छन् । नेहा र उनका भाइ अक्सर आफ्ना अन्तरंगी गीतका कारण प्रसंशकको निशानामा पर्दछन् ।

    नेहाले ‘आँख मारे’, ‘गर्मी’, ‘दिलको करार आया’ जस्ता कयौं हिट गीत दिएकी छन् । तर केही समयदेखि उनका गीत प्रसंशकलाई मन परेको छैन । हालै उनले भाई सोनु र गायक हनी सिंहको साथमा मिलेर ‘कान्टा लगा’ गीत ल्याएकी छन् । गीत फ्यानले रुचाएनन् । हालै उनले केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसको कारण उनी ट्रोलको निसानामा परिन् ।

    तस्बिरमा उनले शिमरी गुलाबी करसेटका साथ हरियो स्कर्ट लगाएकी छन् । जसमा उनले दुक्स ब्लान्ड बनाएकी छन् । नेहा यो फेसन सेन्स कारणले ट्रोलको निशानामा परिरहेकी छन् । नेहाले जु स्टाइल बनाएकी छन् । त्यो स्टाइल हलिउडमा आफ्नो गीत सार्वजनिक गर्ने बेला प्रायः गायिकाले बनाउने गर्दछन् । नेहाले लुक्स कपी गरेको कारण उनी ट्रोलको निशानामा परेकी हुन् । उनको यो लुक्सलाई थुप्रैले कमेन्ट गरेका मजाक उडाएका छन् । ती मध्ये एकले लेखेका छन् ‘दिदी बनिन् शकिरा, भइन् फकिरा ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ