• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ..अनि गच्छदारले भने- फांसीमा झुण्डिन तयार छु

    1.1K
    SHARES


    मोरङ । कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष भएको र जनताले दोषी मान्छन् भने फां’सी झु’ण्डिन तयार रहेको बताएका छन् ।

    १९ महिनापछि बिहीबार गृह जिल्ला आइपुगेका गच्छदारले पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको मान्छन् भने मृत्यु दण्डको भागिदार हुन तयार रहेको बताएका हुन् ।

    ‘ललिता निवास जग्गा प्रकरणमा निर्दोष छु तर राज्यले जबर्जस्ती फसाएको हो, मैले राज्यको एकलाल पैसा हिनामिना गरेको छैन,’ उनले भने, ‘चुनौती दिन चाहन्छु मेरो ५१ वर्षको राजनीतिक इतिहासको खोजी होस् । कुनैपनि अनियमितता गरेर सम्पत्ति आर्जन गर्ने काम गरेको छैन ।’

    कांग्रेसका लागि र संसदीय प्रजातन्त्रका लागि लडेकाहरुलाई सक्रिय बनाएर अबको राजनीति अघि बढाउन गृह जिल्ला आएको गच्छदारले बताए । गनले सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा आफूमाथि झुठो मुद्दा लगाइएको बताएका छन् ।

    उनले तत्कालीन ओली सरकारले आफूलाई फसाएकोसमेत आरोप लगाए । उनले अख्तियारले स्वतन्त्र रुपमा काम नगरी सरकारको छाँयाका रुपमा काम गरेको भन्दै तत्कालीन सरकारकै षडयन्त्रमा आफूमाथि मुद्दा लगाइएको जिकिर गरे ।

    ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको उल्लेख गर्दै गच्छदारले आफूले व्यक्तिगत लाभ लिएर सरकारलाई कुनै हानी नगरेको दावी गरे । उनले प्रस्ताव पेश गरेको आरोपमा आफूमाथि मुद्दा चलाइएको तर अन्यलाई सफाइ दिएको भन्दै अख्तियारले छानीछानी मुद्दा लगाएको प्रतिक्रिया दिए ।

    बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सो निर्णय गरेको थियो ।

    अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ