• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका बागमती

    अष्टलक्ष्मी शाक्यलाई यसरी पर्यो चिठ्ठा, भित्री खेलको रहस्य बल्ल बाहिरियो, ओलीलाई चक्मा दिदै गरिन बेग्लै तयारी

    4.9K
    SHARES


    काठमाडौँ । अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य माधव नेपालको नयाँ पार्टीमा आउने सम्भावना बढेको छ ।

    माधव नेपाल शाक्यलाई कुरिरहेका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादीमा आए नहटाएपछि अष्टलक्ष्मीको मन पग्लिएको उनी निकट स्रोतले बतायो । नेकपा एमालेको एकल बहुमत कायम रहेको बखत २ भदौमा बागमती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य १३ जना सांसदले एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा छिन् ।

    मुख्यमन्त्री शाक्यले २२ असोजभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सरकार परिवर्तनका लागि तयारी अवस्थामा रहेको माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले शाक्यलाई विश्वासको मत लिनका लागि समय दिएको छ ।

    एकीकृत समाजवादी पार्टीमा १३ जना सांसद लागेपछि अहिले प्रदेशसभामा एमाले ४३ सांसदमा खुम्चिनु परेको छ । बहुमत सांसद रहेको पार्टीको हैसियतमा मुख्यमन्त्रीको सपथ लिए पनि शाक्य यतिबेला संकटमा छिन् । संकटमा परेकै बेला पनि मुख्यमन्त्री शाक्य भने तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल झै विश्वासको मत पाउने दाबी गर्न थालेकी छन् ।

    तत्काली नेकपा विवादमा मुख्यमन्त्री पौडेलविरुद्ध बहुमत सांसदले अविश्वासको प्रस्ताव हाल्दा उनले पनि आफूले विश्वासको मत लिने दाबी गर्थे । सर्वोच्च अदालतको आदेशले नेकपा विभाजन गरिदिएपछि एमाले एक्लैको बहुमत पुग्ने अवस्था बन्न जाँदा पौडेलले विश्वासको मत लिनै परेन ।

    उनलाई एकल बहुमतको सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो । तर एमाले विवादमा केपी ओलीको कार्यशैलीसँग असन्तुष्ट रहँदै आएकी माधवकुमार नेपाल पक्षकी सांसद शाक्यलाई एमालेमै अड्याउनका लागि पौडेलले मुख्यमन्त्री पद हस्तान्तरण गरे ।

    पार्टी विभाजनमा एमालेमै रहने निर्णय लिएपछि अल्पमतमा परेकी शाक्यको कुर्सी जोगाउन अर्को कुनै चमत्कारिक परिवर्तनबाहेक असम्भव हुने देखिएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने समय कुरेर बसेको गठबन्धन आफ्नै सरकार बनाउने तयारीमा छ ।

    कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेकका अन्य दलसँग मिलेर सरकार बनाउन पनि एमालेलाई बहुमत पुग्ने देखिँदैन । एमालेको ४३, विवेकशील साझाको ३, राप्रपाको २ र जसपा निकट १ स्वतन्त्र सांसदलाई समेट्ने हो भने ५१ जना पुग्छ । तर यो संख्याले बहुमत पुग्दैन ।

    सरकार बनाउने बहुमतका लागि ५५ जना सांसदको समर्थन चाहिन्छ । माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग रहेका १३ जना गरी ५८ सांसदको गठबन्धनले सरकार बनाउन सक्ने भए पनि नेतृत्वको विषयमा भने कुरा मिलिरहेको छैन ।

    सुरुदेखि नै गठबन्धनमा रहेको एकीकृत समाजवादीले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने दाबी गर्दै आएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय छ भने माओवादी तथा कांग्रेसले आफूहरुको पनि दाबी रहेको बताउन थालेको छ ।

    शाक्य नेतृत्वको सरकार विश्वासको मत लिन असक्षम भई ढलेपछि बन्ने सरकारको नेतृत्वका लागि एकीकृत समाजवादीका अलावा कांग्रेसका इन्द्रबहादुर बाँनियाको नाम पनि चर्चामा छ । यसका लागि उनले पार्टी सभापति शेरबहादुर देउवासँग लबिइङ गरिरहेको बुझिएको छ ।

    एकीकृत समाजवादीले मुख्यमन्त्री आफूलाई चाहिने दाबी गरिरहँदा कांग्रेस–माओवादी केन्द्रले सरकारको नेतृत्व बरु आधा–आधा भए पनि आफूहरुले पालैपालो गर्न पाउनुपर्छ भन्ने तर्क पनि सारेका छन् ।

    नयाँ सरकार गठनका लागि विश्वासको मत लिने समय ३० दिन घर्किएपछि गठबन्धनले आवश्यक निर्णय लिने बताइएको छ । यतिबेला गठबन्धन पनि विधि नियमलाई आत्मसात गर्दै शाक्यलाई विश्वासको मत लिन कानून बमोजिमको समयसम्म कुरेर बसेको छ ।

    सरकारको नेतृत्वको विषयमा प्रदेशमा भन्दा पनि केन्द्रीय गठबन्धनको निर्णयअनुसार हुने भएकाले माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी केन्द्रीयस्तरको सहमति पनि हेर्दैछन् । गठबन्धनको ६ वटा प्रदेशमध्ये माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले दुई–दुई मुख्यमन्त्री लिने भागबन्डा भए बमोजिम हुने देखिन्छ ।

    लुम्बिनी र सुदूरपश्चिममा माओवादी केन्द्रले मुख्यमन्त्री पाइसकेको छ भने अब बागमती र प्रदेश १ मा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने बताइन्छ । यस्तै, गण्डकी र कर्णालीमा कांग्रेसले नेतृत्व गर्ने, कर्णालीमा माओवादी केन्द्रले कांग्रेसलाई छाड्ने बताइएको छ ।

    यता चौतर्फी दबावमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएर गठबन्धन दलमा छलफल थाले पनि समझदारी हुन सकेन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आ–आफ्नो पार्टीका आन्तरिक समस्या देखाएर प्रधानमन्त्रीलाई देउवालाई एकैचोटि मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन् । जसका कारण मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुंगो लाग्न नसकेको हो ।

    एकीकृत समाजवादी र जसपा तत्काल सरकारमा नआए उनीहरूको भागमा पर्ने मन्त्रालय छाडेर कांग्रेस र माओवादीबाट मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाब प्रधानमन्त्री देउवालाई आफ्नै पार्टीभित्रबाट छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि एकीकृत समाजवादी र जसपालाई पर्ने मन्त्रालय छाडेर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने ब्रिफिङ पार्टीको आन्तरिक बैठकमा गरेका थिए । तर एकीकृत समाजवादी र जसपाले बुधबार गठबन्धनको बैठकमा आ–आफ्नो पार्टीका आन्तरिक समस्या हल भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाब दिएपछि अन्योल बढेको एक नेताले बताए ।

    जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ । एकीकृत समाजवादीले भने आफ्ना १४ सांसद र पार्टीविरुद्ध परेको सर्वोच्च अदालतमा परेको मुद्दाको छिनोफानो नभएसम्म मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ । अदालतको मुद्दा टुंगो नलागेसम्म अध्यादेश खारेज गर्न नहुने अडान पनि एकीकृत समाजवादीको छ ।

    गठबन्धनको बैठकपछि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अध्यादेशकै विषयले मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने निर्णय भइनसकेको बताए । ‘छलफल उस्तै छ । सरकार र गठबन्धनलाई मिलाएर कसरी अघि बढाउने भन्नेबारेमै हामी केन्द्रित भइरहेका छौं,’ उनले भने, ‘तर ठोस सहमति भएको छैन ।’ गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा पनि भइसकेको छैन ।

    आर्थिक रूपमा आकर्षण मानिएका भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय कसले लिने भन्नेमा समझदारी बन्न सकेको छैन । परराष्ट्र मन्त्रालय लिएर जसपाको नेतृत्व गरेर आफैं सरकारमा जाने योजनामा रहेका उपेन्द्र यादवले पछिल्लोपटक उपप्रधानमन्त्री दिनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । ‘यो सरकार बनाउन हाम्रो ठूलो योगदान छ । जोखिम मोलेर हामीले सरकार बनायौं, तर अहिले हामीलाई उपेक्षा गर्ने कुरा राम्रो हुँदैन,’ गठबन्धन बैठकमा यादवले भनेका थिए ।

    परराष्ट्र मन्त्रालय नपाएपछि यादवले आफ्नो पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका छन् । यो मन्त्रालयमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जसपालाई दिएर एकीकृत समाजवादीलाई त्यसपछिको आकर्षक मन्त्रालय सहरी विकास दिने विषयमा गठबन्धन दलमा मोटामोटी समझदारी बनेको स्रोतले जनाएको छ ।

    यता प्रधानमन्त्रीले मन्त्री थप्दै जाँदा आफ्नै दलभित्र छलफल नगरिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार राखेको पदाधिकारी बैठकमा पार्टीभित्र छलफल नगरी एक/एक जना गर्दै मन्त्री थपिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका थिए । पौडेलले बैठकमा ‘कांग्रेसले मन्त्रालय कति पाउने हो ? हामीले पाउने कति हो ?’ भनी प्रश्न गरेका थिए । जवाफमा देउवाले मन्त्रालय भागबन्डाको विषय गठबन्धन दलबीच टुंगो लागिनसकेको बताएका थिए । ‘टुंगो लागेपछि तपाईंसँग सल्लाह गर्छु भनेको त छु नि,’ देउवाको भनाइ थियो ।

    त्यसअघि पौडेल पक्षको महाराजगन्जमा बसेको बैठकमा पनि कांग्रेसबाट चार मन्त्री भइसक्दा छलफल नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए । ‘गिरिजाप्रसाद कोइरालाले मन्त्री बनाउँदा पनि केन्द्रीय कार्यसमितिमा छलफल गरेर मापदण्ड बनाउनुहुन्थ्यो, तर अहिले मापदण्ड पनि छैन, पार्टीभित्र सल्लाह पनि छैन,’ नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनका लागि प्रधानमन्त्रीले छलफल गर्नुपर्ने हो ।’

    देउवाले बुधबार नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । खड्का पछिल्लोपटक देउवानिकट छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्नुपर्ने भएकाले खड्कालाई तत्काल मन्त्री बनाइएको प्रस्टीकरण देउवाले पार्टीमा दिएका छन् । ‘परराष्ट्रमन्त्री नबनाएको भए म जानुपर्ने बाध्यता थियो, म जान नभ्याउने भएँ । अरू सल्लाह गरेर हुन्छ,’ देउवाले पदाधिकारी बैठकमा भनेका थिए । आसन्न पार्टी महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेर पार्टीभित्र छुट्टै समूह खडा गरेका उपसभापति विमलेन्द्र निधिले पदाधिकारी बैठकमा पौडेल पक्षसँग मात्रै नभएर आफूसँग पनि परामर्श गर्नुपर्ने बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ