• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश

    वाणिज्य बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुग्यो

    399
    SHARES


    काठमाडौँ । अघिल्लो साताको तुलनामा यस साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन ह्वातै बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत भदौ ३१ गतेसम्म बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको हो ।

    समीक्षा अवधिमा (भदौ २५ देखि ३१ गतेसम्म) बैङ्कहरूको निक्षेप २६ अर्ब बढेको छ । जबकि अघिल्लो साता भदौ २५ गतेसम्म बैङ्कहरूको यस्तो निक्षेप सङ्कलन ४१ खर्ब ४५ अर्ब रहेको थियो । यस्तै, यता कर्जा लगानी तर्फ समेत समीक्षा अवधिमा २८ अर्बले वृद्धि भएको बैंकर्स संघले जनाएको छ । गत भदौ २५ सम्म बैङ्कहरूको कर्जा लगानी ३८ खर्ब ४४ अर्ब रहेकोमा ३१ गतेसम्म यस्तो लगानी बढेर ३८ खर्ब ७२ अर्ब पुगेको हो ।

    अघिल्ला सातासम्म बैङ्कमा निक्षेप कम आएर कर्जाको माग बढ्दा बैङ्कहरू तरलता (लगानी योग्य रकम) को तनावमा थिए । तर, पछिल्लो साता निक्षेप सङ्कलनमा उल्लेखनीय सुधार आएसँगै बैङ्कहरूलाई केही सहजता मिलेको छ ।

    त्यसो त निक्षेप सङ्कलन वृद्धिकै दबाबमा रहेका बैङ्कहरूले गत असोज १ गतेदेखि निक्षेप लगानीकर्ताहरू आकर्षित गर्ने गरी ब्याजदर प्रस्ताव गरेका छन् । यसले थप बैङ्कहरूको निक्षेप बढ्ने अपेक्षा गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ