• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ४० वर्ष माथिका जनताका लागि भन्दै देउवा सरकारले गर्यो यस्तो घोषणा, कहिलेदेखि हुन्छ लागु ?

    21.2K
    SHARES


    काठमाडाैं । सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने घाेषणा गरेकाे छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए ।

    उनले पूर्व रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि ध्यान दिएको जानकारी गराए । सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।

    छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरुलाई डायलासिस गर्न प्रयाप्त मेसिन नरहेको बताए । उनले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताए ।

    पिसाबका बारेमा जान्नै पर्ने कुरा
    साधारण अर्थमा मिर्गौलाको माध्यमद्वारा शरीरमा रहेका विकारपदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया पिसाब हो । पिसाब महसुस भएको एक, दुई मिनेटभित्रै फ्याँक्नुपर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायुप्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ ।

    स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सयदेखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेवित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर, त्योभन्दा धेरै र कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ ।

    पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ । सामान्यतया पिसाबको रंग हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । तर, एकभन्दा बढी दिन यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।

    पिसाब थैली तथा नलीमा संक्रमण हुँदा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गैहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गन्हाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राती सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालयमा जाँदा थोरै मात्र आउने जस्ता लक्षण देखा पर्छ । पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक रहेको तथा पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो भएका कारण महिलालाई धेरै सताउँछ ।

    सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ । पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछन् र संक्रमणले तुरुन्तै समातिहाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गन्हाउने समेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ । संक्रमणले नाइटोमुनि समेत दुखाउँछ ।

    पिसाबमा रगत आउनुको कारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर नै हो । रगत नै आउने अवस्थामा आएका बिरामीले चिकित्सककहाँ पुगेर उपचार थालिहाल्नुपर्छ । पिसाबमा रगत आएको छ तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ ।

    पिसाब नली तथा थैलीमा संक्रमण हुनुको कारणमा व्यक्तिगत सरसफाइको कमी, यौनांगको सफाइमा ध्यान नदिनु, यौन सम्पर्क, अन्य संक्रमण, पानीको कम सेवन, अशुद्ध पानीको सेवन, पिसाब फेरिसकेपछि पूरै ननिस्कनु नै हो । संक्रमण गराउने ब्याक्टेरिया आकाश तथा पातालबाट आउने नभई पिसाब तथा पिसाब थैलीबाट नै आउने हो । सामान्यतया एक मिलिलिटर पिसाबमा एक सयदेखि एक हजार ब्याक्टेरिया छ भने त्यसले कुनै असर गर्दैन तर त्यो संख्या बढेर पाँच गुणा बढी भयो भने समस्या निम्तिने गर्छ ।

    पानीको सेवन कम गर्दा पनि ब्याक्टेरियाको संख्या बढ्ने खतरा रहन्छ । त्यस कारण गर्मी क्षेत्रमा डिहाइड्रेसनको समस्या भयो भने पनि पिसाबको संक्रमण हुन्छ । मानिसहरुमा विभिन्न समस्याका कारण रोगप्रतिरोधात्मक क्षमता कम भएको समयमा पिसाबको संक्रमण बढी हुन सक्छ । यसका साथै मिर्गौला तथा पिसाब थैलीमा हुने पत्थरी, गर्भवती, मेनोपोज भएका महिला, मधुमेह, क्याथेटर राखिएको मानिस, जन्मजात समस्या तथा विभिन्न केमिकलको प्रयोगका कारणले पनि पिसाबमा समस्या निम्त्याउन सक्छ ।

    पिसाबको संक्रमणबाट जोगिनका लागि प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै कागती, मौसम, सुन्तला खाने । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्न सहयोग गर्छ । यस्तै यौनांगको सरसफाइसँगै व्यक्तिगत सफाइमा ध्यान दिने, शुद्ध पानी पिउने, नुहाउँदा तेल लगाएर नुहाउने तथा पिसाबको विभिन्न समयमा जाँच गर्ने गर्नुपर्छ ।

    पिसाब पोलेकोजस्तो अनुभव हुनेवित्तिकै मानिसहरु आफूखुसी एन्टिबायोटिक खान्छन् । त्यो सरासर गलत काम हो । पिसाबको संक्रमणलाई सामान्य रुपमा लिएर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिने खतरा रहन्छ । यस्तो समस्या भएमा पिसाबको ल्याब परीक्षण गराउने र चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि खाने गर्नुपर्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ