काठमाडाैं । पाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । सम्मेलनको बुधबार दिउँसो नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले उद्घाटन गरेका छन् । पोखरा चिप्लेढुंगा मानव अधिकार चोक सडकमै अखिलले सम्मेलन सुरु भएको हो ।
८ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुन देशभरीबाट प्रतिनिधि र पर्यवेक्षक पोखरा पुगेका छन् । उद्घाटनअघि क्रान्तिकारीले पोखराम मार्चपाससहित र्याली निकालेको थियो ।
अखिल क्रान्तिकारीले २१ औं राष्ट्रिय सम्मेलनमा ३० वर्षे उमेर हद लगाएको थियो । ३० वर्ष उमेर पुगेका विद्यार्थी नेताहरुले पार्टीको जिम्मामा जाने दाङमा सम्पन्न २१ औं सम्मेलनले उमेर हद लगाएको थियो । हेर्नुहोस तस्विरहरु
प्रतिक्रिया