• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    पाकिस्तानका प्रधानमन्त्री खानले भारतलाई यसरी थर्काए, तालिबानबारे राखे यस्तो स्पष्ट धारणा…

    1K
    SHARES


    हालै बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत, कस्मिर र तालिबानबारे आफ्नो धारणा स्पष्ट रुपमा राखेका छन्। उनले भारतसँग रिसाउनुको कारणबारे पनि उल्लेख गरेका छन्।

    भारतसँग तत्काल सुमधुर सम्बन्ध राख्न र छलफल गर्न सम्भव नभएको खानको भनाइ छ। जबसम्म भारतले २०१९, ५ अगष्टको फैसलालाई उल्टाउँदैन सम्बन्ध सुमधुर नहुने उनको भनाइ छ।

    मुस्लिम बहुल क्षेत्र जम्मु–कस्मिरलाई आजभन्दा दुईवर्ष अगाडि भारतले केन्द्र सरकारको मातहतमा ल्याएको थियो। वास्तवमा जम्मु कस्मिर–विवादित क्षेत्र हो। सो क्षेत्रमा भारत र पाकिस्तान दुवैको दाबी छ।

    यसअघि विवादकै बिच पनि कस्मिरलाई भारतले विशेषाधिकार दिएको थियो। त्यहाँको कानुन र व्यवस्था त्यहाँकै सरकारले बनाउँथ्यो। तर विशेषाधिकार खोसेर भारतले राष्ट्रसंघको नियम तोडेको र मुस्लिमहरुको मानवअधिकार हनन् गरेको खानले आरोप लगाउँदै आएका छन्।

    उनले कस्मिर विवादित क्षेत्र भएकाले कस्मिरका नागरिकलाई उनीहरु भारत या पाकिस्तान कहाँ जान चाहन्छन् त्यहीँ समाहित हुन दिनुपर्ने बीबीसीसँग बताएका हुन्। कस्मिरको भविष्यबारे जनमत संग्रह हुनुपर्ने खानको भनाइ थियो।

    तालिबानको उदयले कस्मिरको मुद्दामा के फरकपर्छ? भन्ने प्रश्नमा खानले तालिबानले कस्मिरमा कुनै फरक पार्न नसक्ने उल्लेख गरे। तालिबान कस्मिरमा आएर नलड्ने र त्यस्तो सोच्नु मात्र मनोवैज्ञानिक समस्या भएको उनको भनाइ छ।

    यस्तै अफगानिस्तानमा तालिबानको उदयसँगै त्यहाँ समावेशी सरकार बन्छ या बन्दैन भन्ने विषयमा पनि चर्चा भइरहेको छ। खानले यस विषयमा पनि आफ्नो धारणा राखेका छन्। उनका अनुसार तालिबान २० वर्षपछि सत्तामा आएको छ र एक महिनामै समावेशी सरकार विश्वले खोज्नु र तालिबानलाई गलत भनेर अर्थ्याउनु छिटो हुनेछ।

    उनका अनुसार तालिबानले समावेशी सरकार बनाउने बताउँदै आएका छन्। उनीहरुले हरेक समुदाय र लिंगलाई ओगट्ने र मानवअधिकारलाई सम्मान गर्ने वाचा गरेका छन्। तर त्यसको लागि समय लाग्नसक्ने उनको विचार छ।

    तालिबान संघर्ष र विजयमा धेरैले त्याग दिएका कारण सबैलाई समेट्दै तालिबानले सरकार बनाउन खोजेको खानको भनाइ छ। उनका अनुसार तालिबानलाई पनि थाहा छ समावेशी सरकार हुनुपर्छ। समावेशी सरकार भएन भने देश चलाउन सकिँदैन। उज्बेक, हजारा सबैलाई एक ठाउँमा ल्याएर तालिबानले सरकार चलाउने खानको भनाइ छ। बीबीसी

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया