• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    सकियो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो महाधिवेशनको मिति, अरु के-के भए निर्णय ?

    2.5K
    SHARES


    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले आउदो फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

    तनहुँको बन्दीपुरमा असोज १ गतेदेखि बसेको ११ औँ पूर्ण बैठकमा २ जना बाहेक सबै केन्द्रीय सदस्यको सबैको उपस्थिति थियाे । करिब ३ वर्ष लामो सरकारी प्रतिबन्धपछि बसेको बैठकमा राजनीतिक, वैचारिक र विचारधारात्मक छलफल भएको कार्यालयले जनाएको छ ।

    बैठकले आगामी मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा जनसभा तथा जनप्रदर्शन गर्ने र यसै बीचमा पार्टीका सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला/सम्मेलनहरू सम्पन्न गर्ने साथै पार्टीका स्थानिय तहदेखि जिल्लासम्मका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।

    बैठकले पार्टी महासचिव विप्लवले पेस गरेको राजनीतिक दस्ताबेज छलफल र आवश्यक परिमार्जनसहित पारित गरेको छ । बैठकमा सबै केन्द्रीय सदस्यले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र धारणा राखेका थिए । केन्द्रीय समितिको बैठकअगाडि २ दिनसम्म चलेको सचिवालयको बैठकमा महासचिव विप्लवले बैठकका लागि प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनउपर बहस भएको थियो ।

    बैठकले राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै एमसीसी बिरुद्धको आन्दोलनलाई निरन्तर अघि बढाउने निर्णय गर्नुका साथै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र भ्रष्टाचार, कमिसनतन्त्रका विरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ । यस्तै पार्टीले आफ्नो भत्किएको आन्तरिक साङ्गठनिक संरचनाहरूलाई सूदृढ गर्न देशभर अभियान चलाउने निर्णय गरेको छ ।

    बैठकमा १० बर्से जनयुद्धले छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै विप्लवले पार्टी नेताहरूलाई जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएकोले उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्दै एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान विशेष निर्देशन दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया