• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अब दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने, यस्तो छ कारण

    2.2K
    SHARES


    काठमाडौँ  ।  चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनको ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गरेको हो ।

    टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ । साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

    वास्तविक नामबिना बनाइने टिकटकमाथि कसरी निगरानी गरिन्छ भन्नेबारे भने केही खुलाइएको छैन । कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।

    त्यस्तै तियानमेन स्क्वायर, जिन्जियाङ उइघुर मुस्लिमलगायतका राजनीतिक रूपले संवदेनशील विषयमा बनाइने भिडियोमाथि पनि कडा निगरानी राखिने र उक्त सामग्री तुरुन्त हटाइनेछ ।

    सीएनबीसीका अनुसार चीनमा करिब ६० करोड टिकटक प्रयोगकर्ता रहेका छन् । बाइटडान्स चीनको सीईओ केली चाङका अनुसार गत वर्ष २ करोड २० लाखभन्दा बढी प्रयोगकर्ताले आफ्ना भिडियो सामग्रीमार्फत झन्डै ४१ बिलियन युआन कमाएका थिए ।

    पछिल्लो समय युवा पुस्तामाझ टिकटक एप निकै लोकप्रिय बनिरहेको छ । त्यस्तै सञ्चारमाध्यम, व्यावसायिक कम्पनी र सेलेब्रिटीहरूले समेत टिकटकमार्फत आफ्ना सामग्री प्रवद्र्धन गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ