• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update अन्तराष्ट्रिय

    पछिल्लो २४ घण्टामा विश्वभर पौने ४ लाख कोरोना संक्रमित थपिए, मृतक कति ?

    1K
    SHARES


    काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ हजार ७४४ जना संक्रमित थपिएका हुन् । ब्राजिलमा भने ७ हजार ८८४ जना मात्रै संक्रमित फेला परेका छन् ।

    यही अवधिमा ५ हजार ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका भन्दा धेरै रुसका छन् । अमेरिकामा ६११ जनाको मृत्यु हुँदा रुसमा ७७८ जनाको ज्यान गइसकेको छ । ब्राजिलमा २४८ र बेलायतमा ४९ जनाको मृत्यु भएको छ ।

    भारतमा थप २४ हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ७४४ पुगेको छ । भारतमा ३ लाख १५ हजार २६९ जना संक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन २५१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ४१६ पुगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया