• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीको मुद्दामा सुनुवाइ हुँदै

    19.5K
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

    सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।

    एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

    पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।

    यसैबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो फैसला र इजलास गठन गर्ने प्रक्रियामा सेटिङ गर्ने अभ्यास स्थापित भएको भन्दै लिखित दस्तावेज पेस गरेका छन् ।

    अदालतको फैसलापछि सत्ताबाट बाहिरिएका ओलीले आगामी विधान महाधिवेशनमा पेस गर्ने दस्तावेजमा अदालतको विषयमा चार पृष्ठ लामो व्याख्या गरेका छन् । ‘फैसलाले कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र जनताको सर्वोच्चतामाथि चुनौती खडा गरेको छ’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

    ओलीले पुस ५ र जेठ ३ मा दुई पटक गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले रद्द गरेको थियो । दोस्रो पटक अदालतको फैसलापछि सत्ताच्युत भएका ओली अदालतप्रति आक्रामक हुँदै आएका छन् । उनले निश्चित समूहहरुको स्वार्थ पूर्तिका लागि राजनीतिक फैसला र संविधानको अपव्याख्याको माध्यमबाट अप्रत्यक्ष रुपमा संविधानको संशोधन भएको बताएका छन् । त्यसैगरी फैसलाले तीन वटै अंगबीचको सन्तुलनलाई अदालतको फैसलाले संशोधन गरेको आरोप लगाएका छन् । प्रतिवेदनमा ओलीले राष्ट्रपतिको सन्दर्भमा गलत प्रसंगहरुको सहारा लिएको आरोप लगाएका छन् ।

    अदालतको फैसलामा विभिन्न मुलुकका सैनिक शासनलाई सघाउने खालका कतिपय नजिरहरु उद्धृत गरिएको ओलीले बताएका छन् । ‘संसद् विघटनलाई अनुचित सावित गर्न झूटा सन्दर्भको उल्लेख गरिएको छ । राष्ट्रपतिका अधिकारका सन्दर्भमा गलत प्रसंगहरुको सहारा लिएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘निवेदकहरुले अनुकूल ठानेको न्यायाधीशहरु राख्ने र प्रतिकूल ठानेका न्यायाधीशरुलाई हटाएर इजलास गठन गरेने ‘सेटिङ’को गलत र घातक अभ्यास भएको छ ।’

    वैशाख १५ देखि १७ गते ललितपुरको गोदावरीमा पहिलो विधान अधिवेशन हुँदैछ । सो सम्मेलनमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रवेदमा आइतबारबाट सुरु भएको स्थायी कमिटीको बैठकमा प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

    यसैगरी ओलीले एमाले विभाजनमा अदालत, निर्वाचन आयोग र सभामुखले भूमिका खेलेको भन्दै पार्टीले प्रतिवाद गर्नुपर्ने बताएका छन् । त्यस्तै एमाले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’लाई हेर्ने दृष्टिकोणमा भने मौन रहेको छ । हिन्द प्रशान्त क्षेत्र विश्व प्रतिस्पर्धा केन्द्र बन्न थालेको निष्कर्ष निकाले पनि ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ का विषयमा भने एमाले मौन रहेको हो ।

    आगामी विधान महाधिवेशनमा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी त्यसैमा लक्षित भएको बताएका छन् ।

    ‘विश्वको शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप-अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय एवं ब्रिक्स र एसियाली पूर्वाधार विकास बैंकको गठन जस्ता विषयले चुनौती दिएका छन्’ प्रतिवेदनमा भनिएको छ, ‘विश्व प्रतिस्पर्धाको केन्द्र हिन्द प्रशान्त क्षेत्र बन्न थालेको छ । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) त्यसै विषयमा लक्षित रहेको छ ।’

    तर आईपीएसलाई हेर्ने एमालेको दृष्टिकोण के हुने भन्ने विषयमा प्रतिवेदनमा केही उल्लेख छैन । सो प्रतिवेदनम भारत-चीनबीच बढेको तनाव, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीले पार्ने प्रभावको समेटिएको जनाएको छ । चीनलाई हेर्ने दृष्टिकोणमा युरोपेली देशहरुको स्वतन्त्र विचार राख्न थालेको प्रतिवेदनमा उल्लेख छ ।

    सरकारले अलंकार र पदकहरुको नाकमा कालो पोत्यो- ओली

    देशमा आइतबार सातौँ संविधान दिवस सरकारी तवर र पार्टीहरुले आफ्नो किसिमले मनाइरँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तुलसीलाल स्मृति प्रष्ठिानमा विशेष कार्यक्रम गरेर मनाएको छ ।

    र यो कार्यक्रमलाई एमालेले सरकारविरुद्ध अभिव्यक्ति दिने माध्यम बनाएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई आलोचना गर्न आइतबार नै घोषणा गरिएको मानदपवीको साहारा लिए ।

    सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रलाई योगदान गरेका नागरिकहरुलाई विभिन्न मानदवीबाट विभूषित गर्दै आएको छ । यो पटक ९०३ जनालाई विभूषित गरिएको छ ।

    यसरी विभूषित हुने मध्ये एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाउने माधवकुमार नेपालका बाबु र ओलीसँगको सत्ता गठबन्धन तोडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहालको पनि नाम छ ।

    आइतबार एमालेले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यही विषयमा आक्रोश पोख्दै देउवा सरकारको चर्को आलोचना गरे । उनले शासनमा जुका पुगेकोसमेत बताए । उनले भने, ‘जुकाहरू शासनमा पुगेका छन्, आफ्ना श्रीमतीलगायत आफन्तलाई सम्मान गरेका छन् ।’ उनले संविधान दिवसका दिन घाइते, सहिदका परिवार खुशी हुनुपर्नेमा आफ्न्तहरुलाई पदक बाँडिएको भन्दै आलोचना गरे । उनले भने, ‘यो बाबुको मुख हेर्ने दिन हो र ? यो संविधान दिवस हो ।’

    उनले विभूषणको नाकमा कालो पोतिएको टिप्पणी गर्दै पदकले लाज मानेको बताए । उनले भने, ‘पदकहरुले, क कसको घाँटीमा झुण्डिने भएँ भन्ने भएको छ । लज्जाजनक छ । तर बोल्न सक्दैनन् पदकले ।’

    उनले आफूले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्नेहरुलाईसमेत पदक दिएको भन्दै आलोचना गरे । उनले भने, ‘मुद्दा हाल्ने, झगडीया , तथानाम गर्ने, न्यायको तराजु ढल्काउने, आँखामा पट्टी बाँधेको हुन्छ, कतापट्टी ढल्काउने देखिँदैन । ती सबैलाई सम्मान ? सबैका लागि लज्जाजनक, इतिहासले निर्मम मूल्याङ्कन गर्ने छ ।’

    उनले आफ्नो सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन गरिएकोमा पनि देउवा सरकारको आलोचना गरे । उनले भने, ‘उद्यमी व्यवसायी सेटिङ्ग भयो भनेर कराइरहेका छन् । प्रतिस्थापन विधेयक सेटिङ्गका लागि ल्याएको रहेछ भन्दै छन् । होइन भन्ने आधार भेटिदैन । कस्तो सरकार होला ? ७० दिनमा सरकारले पूर्णता पाउँदैन । २ महिनापछि बजेट होलीडे, कस्तो सरकार हो । बजेट होलीडे कस्तो आश्चार्य ।’

    उनले ओली सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या आयोग खारेज गरेर अर्को आयोग गठन गरेको विषयमा पनि आक्रोश पोखे । उनले आफ्ना मान्छेलाई जागिर खुवाउन पुरानो आयोग खारेज गरिएको र नयाँ बनाइएको बताए । उनले यो सरकार रहे मेलम्चीको पानी पनि नआउने ठोकुवा गरे । उनले भने, ‘यो सरकार रह्यो भने मेलम्चीको पानी आउँदैन । मैले जनवरीमा ल्याउँछु भनेको थिएँ, यो सरकारले वैशाख भनेको छ । ६ महिनामा यो सरकारले एक फरुवा माटो उठाउँदै कहाँबाट पानी आउँछ ? मतलबै छैन ।’

    अध्यक्ष ओलीले देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ५ लाख परिवारलाई १० हजार नगद दिने कार्यक्रम ल्याएको पनि आक्रोश पोखे । उनले आफ्ना कार्यकर्तालाई दशैं खर्च बाँड्न लागिएको भन्दै आलोचना गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ