• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले बादललाई गृहमन्त्री बनाएपछि माओवादी केन्द्रभित्र बबण्डर, बर्षमान पुनले दिए यस्तो धम्की !

    20.3K
    SHARES

    काठमाडौं, १४ फागुन ।

    माओवादी अध्यक्ष प्रचण्डले राम बहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाएपछि माओवादी केन्द्रभित्र बबण्डर सुरु भएको छ ।

    गृहमन्त्रीका प्रवल दावेदार अर्का नेता बर्षमान पुन ‘अनन्त’ रुष्ट बनेका छन् । उनले अब अाफू सरकारमा नजाने धम्की दिएका छन् । स्रोतका अनुसार पुनले अध्यक्ष दाहाललाई फोन गरेर अाफूलाई धोका भएको भन्दै सरकारमा नजाने धम्की दिएका हुन् ।

    प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित थापा यसअघि नै रक्षामन्त्री भइसकेका व्यक्ति हुन भने रोल्पाबाट निर्वाचित अनन्त यसअघि  अर्थमन्त्री बनेका थिए । सुरुमा माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् । माओवादीबाट मात्रिका यादव पनि मन्त्री बनेका छन् ।

    वन मन्त्री भएको बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव पुनः मन्त्री भएका हुन् ।

    उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका छन् । उनले उद्योग तथा आपुर्ति मन्त्रीको रुपमा सोमवार सपथ लिएका छन् ।

    यस्तै युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेको छ । यद्यपि मन्त्री बन्न त्यसले रोकेन । खतिवडा एमालेनिकट हुन् ।

    यस्तै एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बनेका हुन् ।

    महासचिव पोखरेलका लागि सातै प्रदेशको विकास समन्वय गर्ने गरी नयाँ मन्त्रालय खडा गर्ने बारेमा समेट छलफल भइरहेको थियो ।

    नयाँ संरचना नबनेसम्म पोखरेल रक्षामन्त्री हुनेछन् । २०५१ सालमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रक्षा र परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री थिए ।

    रक्षामन्त्री अलग्गै रहने प्रणाली एमालेले २०५१ बाट सुरु गरेको हो । त्यसअघि प्रधानमन्त्रीनै रक्षामन्त्री रहने प्रचलन थियो । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

    सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

    गृहमन्त्री बनेका बादल हुन् चाहिँ को ?

    प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रका महासचिव पनि हुन् । गत माघ २४ गते भएको निर्वाचनमा बादल ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए ।

    पहिलो संविधानसभा निर्वाचनमा चितवनको तत्कालीन २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका बादल दोस्रो संविधानसभामा भने उम्मेदवार बनेनन् । त्यसबेला उनी मोहन वैद्यले नेतृत्वको गरेको माओवादीका थिए । उक्त पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

    यसअघि माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटवाल प्रकरणमा तत्कालीन रक्षा मन्त्री थापाले ‘पोजिसन’ लिएर प्रचण्डलाई उक्साएको आरोप लाग्ने गरेको छ ।

    ६३ वर्षीय बादल गुल्मीको बडागाउँमा जन्मिएका हुन् । भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा थापा इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए ।

    नेपालबाट आईएस्सी एजी गरेर सोभियत युनियन गएका थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर नेपाल फर्किए ।

    लगत्तै भूमिगत राजनीतिमा होमिए । ३७ देखि राजनीतिमा होमिएका थापाले त्यसपछि लगातार ०६३ सालसम्म भूमिगत राजनीतिक जीवन बिताए ।

    जनयुद्ध कालमा माओवादी–सरकार वार्ता टोलीको सदस्यका रूपमा दोस्रो वार्तामा थापा सार्वजनिक भएका थिए । त्यसबेला उनी सबैभन्दा आकर्षणका केन्द्र बनेका थिए । थापाले ०३८ देखि ०३९ सम्म बन्दी जीवनसमेत बिताएका थिए ।

    थापा राजनीतिमा प्रवेश गरेको केही समयपछि नै पार्टीको केन्द्रमा रहँदै आएका छन् । जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समय बसे । जनयुद्धलाई हाँक्नसमेत भूमिका निभाए ।

    उनी कार्यकर्तालाई प्रशिक्षण दिन सिपालु छन् । थापा त्यस्ता नेता हुन्, जो पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुनः पोलिटब्युरोमा पुगेका थिए ।

    चितवनको भरतपुर नगरपालिका १० नारायणटारमा थापाका परिवार बस्छन् ।

    उनका १ छोरा, १ छोरी र एक श्रीमती छन् । श्रीमती नैनकला थापा महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् । पार्टी एकतापछि उनले प्रचण्डलाई निरन्तर सहगोग गर्दै आएका थिए ।

    मात्रिका यादव को हुन् ?

    वन मन्त्री भएको बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव पुनः मन्त्री भएका छन् ।

    उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका छन् । उनले उद्योग तथा आपुर्ति मन्त्रीको रुपमा सोमवार सपथ लिएका छन् ।

    ललितपुरमा बिनाइजाजत सञ्चालनमा आएका ढुङ्गा खानीको विवादलाई लिएर ललितपुरका तत्कालीन एलडीओ डण्डुराज घिमिरेलाई थुनेका थिए । मातृका यादवले वाहवाही कमाएका थिए । भ्रष्टहरूलाई यसरी नै तह लगाउनुपर्छ भनी मातृका यादवको पक्षमा जनमत तयार भएको थियो ।

    त्यति मात्रै होइन, त्यतिबेला उनले रक्तचन्दन तस्करीलाई पनि चर्चामा ल्याएका थिए । उनी आफै रातिराति गएर ट्रकका ट्रक रक्तचन्दन समातेर सिंहदबारमा थन्क्याएका थिए । रक्तचन्दनको पनि तस्करी हुन्छ भने कुरा त्यतिबेला मात्र जनताले थाह पाएका थिए । तर, उनी मन्त्रीबाट हट्ने वित्तिकै रक्तचन्दनको चर्चा फेरि हरायो ।

    तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा भनाभन गरेको विषय पनि त्यतिबेला निकै चर्चामा आएको थियो । पछि उनी भूमि सुधार तथा व्यवस्था मन्त्री बन्दा सिरहामा जग्गा कब्जाको विषयलाई लिएर विवादमा तानिएका थिए ।

    यिनै मातृका यादव मन्त्री बन्न लागेका हुन् । इमानदार र हठी नेताको रूपमा परिचित मातृका यादव त्यही कारणले माओवादी पार्टी छाडेर हिँडेका थिए । उनी माओवादी पार्टी छाडेर हिँडेपछि छुट्टै समूह चलाएर मधेसमा आन्दोलनको सुरुवात गरेका थिए ।

    दुई वर्ष अगाडि माओवादीमा फर्केका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । माओवादी शन्ति प्रकृयामा आएपछि अन्तरिम सांसद बनेका मातृका यादव पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका थिए । उनी सांसद हुँदैको अवस्था पार्टी छाडेका थिए र त्योसँगै उनको सांसद पद पनि गएको थियो ।

    २०७० को संविधानसभा चुनाव बहिष्कार गरेका मातृका यादव धनुषा १ बाट चुनाव जितेपछि उनी मन्त्री बन्न लागेका हुन् ।
    राजनीतिक यात्रा

    २०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो । विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे ।

    उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

    २०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए । त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

    २०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

    पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् । २०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो । २०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे ।

    उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ