• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बियर र चिया खाएकै भरमा ‘हनी ट्रयाप’मा पारेर ५० लाख माग, ३ महिला पक्राउ

    2.9K
    SHARES


    काठमाडौँ । ‘हनी ट्रयाप’मा पारेर लाखौँ रुपैयाँ असुल्न खोजेको अभियोगमा तीन जना महिलालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने बर्ष ३२ की सीतादेवी थापा, सोही ठाउँकी ३५ की खुमा वली र घोराही उप-महानगरपालिका वडा नं.-५ की ३२ की सुस्मा परियार रहेका छन् ।

    बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ शुरु गरेर १८ लाखमा कुरा टुङ्ग्याएको पीडिते जाहेरी दिएपछि दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पीडितबाट लिएको एक लाख रुपैयाँ उनीहरुले व्याजमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक समेत बरामद गरेको जनाएको छ ।

    घटनाको विवरण

    गत असार ६ गते दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने सीता देवी थापा र सोही स्थानकी खुमा वलीले परिवर्तित नामथर भद्र बहादुर जैसीलाई फोन गरी मेरो घरायसी बिषयको मुद्धा छ तपाई कानूनको बारेमा जानेको मान्छे मिलाइदिनुपर्‍यो भनी कोहिनुर रेष्टुरेन्टमा बोलाई सोही होटलको क्याबिन कोठामा बसीसेर बियर मासु खाएका थिए ।

    जाहेरीवाला रात परेपछि घर जान खोज्दा निज प्रतिबादी मध्येकी सीता देवी थापा सोही होटलको खाटमा पल्टिएको जाहेरीमा उल्लेख छ । जाहेरवालाले होटेलमा खाएको चिया र बियरको पैसा तिरिसक्दा पनि उनी होटेलबाट ननिस्किएपछि पुनः जाहेरवाला पुन सोही कोठामा जाँदा निज सीतादेवी थापाले तथानाम गाली गलौज गरी तैले मेरो ईज्जतमा हात हाल्ने, तलाई अब म छोड्दैन, जबरजस्ती करणीमा मुद्धा हाल्छु भनेर फसाउन खोजेको जाहेरीमा उल्लेख छ ।

    बादविवादपछि उनीहरु घर गए पनि भोलिपल्ट प्रतिबादी मध्येकी खुमा वलीले निबेदकलाई फोन गरी सीतादेवी थापासँगको केश मिलाउनुपर्यो उनका ठूला वडा मान्छे छन मुद्धा दर्ता गर्ने कुरो गर्दैछन् भनेर धम्क्याएको जनाइएको छ ।

    निबेदकले यस्ता कुराले गर्दा आफ्नो मान प्रतिष्ठामा आच आउँछ भनी निजहरुले बोलाएको सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लज होटलमा गई सीता देवी थापा, खुमा वली र उनीहरुको साथमा रहेकी सुष्मा परियारसंग भेट भएको र पैसाको बार्गेनिङ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुले पीडितलाई बारम्बार धाक धम्की दिइँ शुरुमा ५० लाख रुपैयाँ माग गरेको देखिन्छ । निवेदकले त्यती रकम छैन भनेपछी नगद रु.१ लाख तत्काल लिई बाँकी रहेको १७ लाखको सिभिल बैकंको चेक लिएको जाहेरीमा उल्लेख छ । उक्त जाहेरीपछि प्रहरीले तीनै जना महिलाई पक्राउ गरी सार्वजनकि गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले पक्राउ परेका ब्यक्तिहरु मध्ये सीतादेवी थापा बस्दै आएको कोठामा खानतलासी गर्दा प्रहरीले उनीहरुले लिएको १७ लाखको सिभिल बैंकको चेक बरामद गरेको जनाएको छ । पीडितसँग लिएको नगद रु १ लाख सीता देवीले ब्याजमा लगाई सकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया