• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमाले स्थायी कमिटी बैठक बस्दै

    1.1K
    SHARES


    काठमाडाैं । नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो’, कार्यालय सचिव तामाङले भने ।

    पार्टीमा १० बुँदे कार्यान्वयनपछि नेताहरूको कार्यविभाजनबारे समस्याका देखिएको छ । तर आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेण्डा नरहेको तामाङको भनाइ छ । एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिएपनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् ।

    खासगरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो छ । यता नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई एक महिनाभित्र हटाउने बताएकी छन् ।

    सिन्धुलीमाडीमा शनिबार आयोजित कार्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धारणा राखेकी हुन् । उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु पछुताउने दाबी पनि गरिन् ।

    सांसद झाँक्रीले एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी गरिन् । पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फर्काएर हिँडेका १० जना नेतालाघ नेतृ झाँक्रीले अब नेकपा (एस)मा नभित्र्याउने बताइन् ।

    उनीहरुले एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आत्मसमर्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस)मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

    मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप लगाउँदै नेतृ झाक्रीले लोभीपापी एमालेमा गएको बताइन् । एमाले भित्रका क्रान्तिकारीहरुलाई विद्रोह गरेर भत्काउने क्रम सुरु भएको दाबी गर्दै उनले आफूहरुले पार्टी फुटाएको नभइ विद्रोह गरेको जिकिर गरिन् ।

    समानान्तर कमिटीका अध्यक्ष सूर्य पाख्रिनको अध्यक्षतामा बनेको एक सय एक सदस्यीय जिल्ला कमिटीले शनिबार वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेबाट शपथ लिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया