• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल र ओमान भिड्दै

    822
    SHARES


    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो ।

    नेपाल र ओमानबीचको खेल केलुकी ४ः१५ बजे सुरु हुनेछ । यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

    ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

    लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ