• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    योगश भट्टराईलाई ओलीले दिए यस्तो जिम्मेवारी

    2.7K
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो धारका नेताहरुलाई अपमान गरेको विषयमा चर्चा भइरहेका बेलामा योगेश भट्टराईलाई अर्को जिम्मेवारी दिएको छ ।

    उनले असार २७ मा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने क्रममा नेकपा एमालेको प्रचार विभागको जिम्मेवारी सचिव भट्टराईलाई सुम्पिएका हुन् ।

    योगेशले शुक्रबारदेखि औपचारिक रुपमा यो जिम्मेवारी सम्हालेका छन्। पार्टी केन्द्रीय कार्यालय थापाथली हाइटमा शुक्रबार बसेको प्रचार विभागको बैठकमा प्रदीप ज्ञवालीले भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

    १० बुँदे सहमति अनुसार पार्टीलाई सर्लक्कै २ जेठ २०७५ को अवस्थामा फर्काउने विषयमा विवाद चलिरहेका बेला योगेशले प्रचार विभागको जिम्मेवारी औपचारिक रुपमा सम्हालेका हुन्।

    यद्यपि प्रवक्तामा भने अर्का सचिव प्रदीप ज्ञवाली यथावत रहेका छन्। ज्ञवाली २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि माधवकुमार नेपाल समूहहरु नफर्किसकेको अवस्थामा एमाले बैठकबाट प्रचार विभाग प्रमुख र प्रवक्ता बनेका थिए।

    फागुन २३ को फैसलापछि ब्यूँतिएको एमालेमा प्रवक्ता पद सिर्जना गरेर ज्ञवालीलाई जिम्मेवारी दिइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका नेताहरुलाई समेत ठाउँ राखेर त्यही अनुसार पार्टीलाई जेठ २ मा फर्काउने अडान लिएका छन्।

    उनले खास गरी बागमती प्रदेश इन्चार्जबाट रामबहादुर थापा बादल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टलाई इन्चार्जको भूमिकाबाट हटाउन अस्वीकार गरिरहेका छन्। दुवै प्रदेशमा २०७५ जेठ २ को अवस्थमा अष्टलक्ष्मी शाक्य र भीम रावल इन्चार्जको भूमिकामा थिए।

    त्यस्तै यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले शुक्रबार दुईजना मन्त्री नियुक्त गरेका हुन् ।

    अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शपथ ग्रहण गराएका छन् । राज्यमन्त्री बोहरालाई मुख्यमन्त्रीले शपथ गराएका हुन् ।नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) कुनै सरकारमा सहभागी भएको यो पहिलो पटक हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया