• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

    4.1K
    SHARES


    बर्दिया । बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो।

    सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए। बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    उता जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन गएका एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–१, काप्राका ५९ वर्षीय अविमान रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

    चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको वर्षासँगै आएको हावाहुरीमा परेर रावको निधन भएको हो । यस्तै अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

    डीएसपी थापाका अनुसार उनीहरु बुधबार गाउँबाट देउता नुहाउनका लागि चौरीपाटनको नदाई डाव हिँडेका थिए । २५ जनामध्ये शुक्रबार बिहान रावतको मृत्यु भएको र अन्य २४ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । पूर्णिमाको पाँच दिन अगाडि चाँदे हिमाल पुगेर नुहाएर देउता ल्याउने प्रचलन रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ