• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने मिति तोकियो

    1.5K
    SHARES


    काठमाडौँ । दशैँ मनाउनका लागि उपत्यकाबाट बाहिर जाने यात्रुका लागि यही असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक, यातायात व्यवसायीबिच बिहीवार भएको छलफलले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

    समयमा टिकट नपाउने पाए पनि ठगिने, महँगो भाडा तिर्नुपर्ने समस्या नदोहोरियोस् भनेर यस वर्ष समयमै टिकट बुकिङ खुलाउन लागेको सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघले जनाएको छ ।

    ‘विगतका वर्षहरु यातातयात व्यवसायी र सरकारबीच तालमेल नमिल्दा बुकिङ अन्तिममा खुल्थ्यो र यात्रुहरुमा अन्योलता देखिन्थ्यो’, महासंघका महासचिव भरत नेपाल भन्छन् । १० गतेपछि यात्रुहरुले भौतिक रुपमा उपस्थित भएर अथवा अनलाइनबाट पनि बुकिङ गर्न सक्नेछन् ।

    लामो दुरीका लागि २८ प्रतिशत भाडा ओली सरकारकै पालमा बढिसकेको छ । पुरानो बसपार्कलाई हटाएसँगै अरनिको राजमार्ग हुँदै १० वटाभन्दा बढी जिल्लामा जाने गाडीहरु कोटेश्वरमा अस्तव्यस्त बन्ने गरेको उनले बताए ।

    त्यसलाई व्यवस्थापन गर्न सम्भव भए खुलामञ्चबाटै नत्र तिनकुनेदेखि बालकुमारीको करिडोरलाई प्रयोग गर्नुपर्ने उनीहरुको माग छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ