• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चीनबाट आइपुग्यो थप ४४ लाख डोज खोप

    355
    SHARES


    काठमाडौँ । चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो । नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि ६० लाखमध्ये १६ लाख डोज खोप नेपाल आइसकेको छ ।

    नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप आएको छ । त्यसमध्ये ५० लाख डोज खरिद गरिएको हो भने बाँकी अनुदान सहयोगमा प्राप्त भएको हो । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने रणनीति बनाएको छ । सोही अनुसार खोप आपूर्ति भइरहेको छ ।

    यो खोप कहिलदेखि लगाइन्छ ?

    चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले बताए ।उनका अनुसार अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न लागिएको छ ।

    जसअनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने दाहालको भनाइ छ ।

    त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ । त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए ।

    ‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको छु’ दाहालले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ