• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक सुरु

    3.7K
    SHARES


    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु भएको छ ।  ११औँ केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुर गाउँपालिमा भर्खरै सुरु भएको नेकपा केन्द्रीय कार्यालयले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ।

    बैठकमा पार्टी महासचिव विप्लवसहित ५ जना सचिवालय सदस्य र ६८ जना केन्द्रीय सदस्य सहभागी हुने बताइए पनि अहिलेसम्म ६४ केन्द्रीय सदस्य मात्रै बैठकस्थल पुगेको कार्यालय स्रोतले जनाएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य शरद रसाइली भने दुर्घटनामा परेर ट्रमा सेन्टरमा उपचाररत भएका कारण सहभागी भएका छैनन् ।

    केन्द्रीय समिति बैठक सुरु हुनअघि २ दिन केन्द्रीय सचिवालयको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको केन्द्रीय समितिमा छलफलका निम्ति लैजाने राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव समेत तयार पारेको जनाएकाे छ । यस्तै पार्टीका विभिन्न जनबर्गीय संगठनहरुको भेलासम्मेलन र पदाधिकारी चयनसम्बन्धि पनि महत्वपुर्ण प्रस्ताव तयार पारिएको र केन्द्रीय समिति बैठकले त्यसलाई पूर्णता दिने समेत सचिवालयले जनाएको छ ।

    बैठकस्थल र केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीको आफ्नै सुरक्षा शक्ति परिचालन गरिएको छ । बैठकस्थलमा पत्रकारलाई प्रवेश दिइएको छैन भने बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको बताइएको छ ।

    बैठक सकिएपछि पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरेर बैठकका  निर्णयहरु सार्वजनिक गरिने नेकपाले जनाएको छ । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि खुला राजनीतिमा आएको नेकपाले बन्दीपुरमा दोस्रो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो । यसअघि पार्टीको दशौं केन्द्रीय कमिटि बैठक प्रतिबन्ध फुकुवापछि गत बैसाख  पहिलो साता कपिलबस्तुको शिवगढीमा बसेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ