• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जसपाले किन मनाउदैछ २० दिनसम्म नरेन्द्र मोदीको जन्मदिन ?

    1.4K
    SHARES


    काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ।

    आज (शुक्रबार) मोदीको ७१ औं जन्मदिन हो। बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

    २० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए। उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो।

    मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन्। उनको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने, धन्यवाद मोदीजी लेखिएका १४ करोड रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन्।

    मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए। उनको हिन्दुवादी भाजपाले केन्द्रीय सत्ता चलाउँदा मुस्लिमलगायत अल्पसंख्यकमाथि दमन बढेको, प्रजातान्त्रिक संस्थाहरू धरासायी भएको र पछिल्लो समय कोरोना महामारीको नियन्त्रणमा उनको सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना हुने गरेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ