• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माधव नेपाल खरानी घसेर हिँड्नुभयो- केपी ओली

    267
    SHARES


    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’

    उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन’ ओलीको भनाई छ । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरे ।

    ‘प्रचण्डको घरेलु कार्यकर्ता र उनको सेवा गर्न होइन । गाईलाई घाँस हाले दुध दिन्छ, प्रचण्डलाई जति सेवा गरेपनि के दिन्छन् ?’ ओलीको प्रश्न छ । उनले प्रचण्डले यता पनि दिन्छु उता पनि दिन्छु भन्ने गरेपनि अहिलेसम्म २ वटा मन्त्रीभन्दा दिन नसकेको टिप्पणी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया