• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माधव नेपालको बाटो गलत छ, एमालेमै फर्किनुस्-अष्टलक्ष्मी शाक्य

    305
    SHARES


    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेकै फर्किन माधवकुमार नेपाललाई आग्रह गरेकी छन् । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले नेता नेपालले लिएको बाटो सही नभएको बताइन् । उनले अघि भनिन्, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । किनभने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ ।’

    माधवकुमार नेपाल आफूहरुको नेता भएको र आफूले आफ्नो जीवन दिएर बनाएको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी बनाउँछु र जनमत सृजना गर्छु भन्नु सही नभएको उनको भनाइ छ । शाक्यले अघि भनिन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ