• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    चीनलाई काउन्टर दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भयो यस्तो सहमति

    1K
    SHARES


    काठमाडौँ । अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतासँगै यी देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्नेछन् ।

    हिन्द महासागरमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट तीन वटै देश चिन्तित छन् । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक आणविक शक्तियुक्त पानीजहाज निर्माण गर्न सहयोग गर्नेछ ।

    अउकस नाम दिइएको सो सम्झौतामा कृत्रिम गुप्तचरी, विशेष प्रविधि र साइबर समेटिएको छ । अमरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार अस्ट्रेलियाले फ्रान्सेली मोडलको पानीजहाज निर्माण गर्न पक्रिया सुरु गरेको छ । अस्ट्रेलियाको जल सेनाका लागि १२ वटा जहाज निर्माण गर्न फ्रान्सले अर्ब डलर बराबरको सम्झौता गरिसकेको छ । यो अस्ट्रेलियाको रक्षा क्षेत्रमा अहिलेसम्मकै ठूलो सम्झौता हो ।

    उत्तर कोरिया र दक्षिण कोरियाले केही घण्टाको फरकमा ब्यालेस्टि क्षेप्यास्त्र परीक्षण गरेका छन्। ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षणसँगै यी दुई देशबीच हतियार प्रतिस्पर्धामा होडबाजी चलेको प्रस्ट भएको छ।

    उत्तरले आफ्नो पूर्वी तटमा रहेको जापान सागरमा बुधबार बिहानै दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। ६ महिनापछि उत्तर कोरियाले लगातार दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो। यो संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन हो।

    क्रुज क्षेप्यास्त्र परीक्षणमा संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छैन। तर ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार जडान गर्न सकिने र यो लामो दुरीमा पुग्नसक्ने भएकाले राष्ट्रसंघले यस्ता हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ। यद्यपी उत्तरले प्रतिबन्ध बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

    बुधबार उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामै दक्षिण कोरियाले पनि पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियाले यसअघि नै पनडुब्बीबाट प्रहार गर्न सकिने एसएलबीएम क्षेप्यास्त्रको परीक्षण गर्ने तय थियो।

    तर हिजो उत्तरले क्षेप्यास्त्र प्रहार गरेपछि नै दक्षिणले क्षेप्यास्त्र हान्नुलाई उत्तरविरुद्धको प्रतिक्रियाको रुपमा हेरिएको छ। पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गर्ने प्रविधिको विकास गर्नेमा दक्षिण कोरिया सातौं राष्ट्र पनि बनेको छ। दक्षिण कोरियाले उत्तर कोरियाको कुनै पनि आक्रमणको जवाफ दिन आफू सक्षम भएको बताउँदै आएको छ।

    कोरियाली गृहयुद्ध पश्चात नै उत्तर कोरियाको खतराविरुद्ध दक्षिण कोरियालाई साथ दिन दक्षिणमा झन्डै ३० हजार अमेरिकी सेना तैनाथ छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ