• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

    210
    SHARES

    काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

    यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया