• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized अन्तराष्ट्रिय

    अमरुल्लाह सालेहको घरबाट ६.५ मिलियन डलर र १८ सुनका ईट्टा भेटियो

    407
    SHARES

    काठमाडौं। अफगानिस्तानमा तालिबानको शासन छ । तालिबानका लडाकुहरुले काबुलमा देशका पूर्व उपराष्ट्रपति तथा वार लर्ड भनिने अब्दुल रशीद दोस्तमको भव्य हवेली कब्जा गरेर राखेका छन् । तालिबानले अब आफैंलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपति घोषित गरेका अशरफ गनी सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहमाथि पनि गम्भीर आरोप लगाएको छ ।

    अफगानी मिडिया टोलो न्यूजका अनुसार तालिबानले पंजशीरमा युद्ध लडिरहेका अमरुल्लाह सालेहको घरबाट साढे ६ मिलियन डलर नगद र १८ वटा सुनका ईट्टा जफत गरिएको दावी गरेको छ । तालिबानले सोमबार यस्तो दावी गरेको छ । तालिबानको सांस्कृतिक आयोग र मल्टिमिडिया शाखाका प्रमुख अब्दुल्लाह मुत्ताकीले एक भिडियो ट्वीट गर्दै यस्तो दावी गरेका हुन् ।

    मुत्ताकीको तर्फबाट जारी गरिएको १ मिनेट २६ सेकेण्डको भिडियोमा ८ देखि १० जना तालिबानी लडाकुहरुले २ सुटकेसमा राखिएका अमेरिकी डलरका मुठाकरु र सुनका ईट्टाहरुको जाँच पडताल गरिरहेको देख्न सकिन्छ । केहीले आफ्नो मोवाइल फोनबाट भेटिएकाने डलर र सुनको फोटो खिचिरहेका छन् । यो रकम कहिले जफत गरिएको हो भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।

    यसअघि तालिबानले पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका दाजुको हत्या गरेको थियो । अमरुल्लाह सालेहले पंजशीरमा तालिबान विरोधी समूहको नेतृत्व गरिरहेका छन् । सालेह अहिले पनि तालिबानविरुद्ध युद्ध लडिरहेका छन् । पंजशीरमा तालिबानको कब्जापछि भने अमरल्लाह सालेह र अहमद मसूद सुरक्षित स्थानतर्फ गएको बताइएको छ ।

    तालिबानको अन्तरिम सरकारमा फुट निम्तिएको छ । तालिबानका वरिष्ठ अधिकारीले सो कुरा बीबीसीलाई जानकारी दिएका छन् । राष्ट्रपति भवनमा तालिबानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह र मन्त्रीमण्डलका सदस्यबीच विवाद भएको उनले जानकारी दिए ।

    पछिल्ला केही दिनदेखि मुल्ला बरादर सार्वजनिक रुपमा देखिएका छै्रनन् । त्यसपछि नै तालिबानमा नेतृत्वको विषयमा असहमति सतहमा आएको अनुमान लगाइँदै थियो । यद्यपि, यो खबरलाई तालिबानले आधिकारिक रुपमा अस्वीकार गरेको छ ।

    तालिबानले अघिल्लो महिना अफगानिस्तानमा कब्जा जमाएको थियो र अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनेको घोषणा गरेको थियो । तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रीमण्डलको घोषणा गरेको थियो जसमा सबै पुरुष छन् र पछिल्लो दुई दशकमा अमेरिकी बलमाथि हमलाका लागि कुख्यातहरु शीर्ष स्थानमा छन् ।

    तालिबानको एक स्रोतले बीबीसीपश्तोसँग बरादर र खलिल उर–रहमानबीच आपसी विवाद भएको जानकारी दिएको छ । उनका अनुसार विवादपछि दुई नेताका समर्थक आपसमा भिडे । खलिल उर–रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता र तालिबानको सरकारमा शरणार्थी मन्त्री हुन् । मुल्ला मोहम्मद हसन अखुन्दलाई तालिबानले अन्तरिम प्रधानमन्त्री बनाइएको छ ।

    विवाद किन ?

    कतारस्थित तालिबानका एक वरिष्ठ सदस्य र एक व्यक्ति (जो यो विवादमा समावेश थिए), ले अघिल्लो हप्ता विवाद भएको पुष्टि गरेका छन् । स्रोतका अनुसार विवाद यसकारण सुरु भयो किनभने बरादर, जसलाई अन्तरिम सरकारमा उप–प्रधानमन्त्री बनाइएको छ, उनी सरकारको संरचनासँग खुसी छैनन् । अफगानिस्तानमा जीतको श्रेयको विषयमा पनि तालिबानका नेता आपसमा उल्झिरहेका छन् ।

    रिपोर्टका अनुसार बरादरलाई लाग्छ कि उनको कूटनीतिका कारण तालिबानले अफगानिस्तानमा सत्ता पाएका हुन् जबकी हक्कानी नेटवर्कका सदस्य र समर्थकलाई लाग्छ कि अफगानिस्तानमा जीत लडाईंका कारण पाइएको हो । हक्कानी नेटवर्कको कमान तालिबानको एक शीर्ष नेतासँग छ ।

    बरादर तालिबानका पहिलो नेता हुन् जसले सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रत्यक्ष फोनवार्ता गरेका थिए । यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिकको फिर्तीको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    अर्कोतर्फ शक्तिशाली हक्कानी नेटवर्क हो जुन हालका वर्षमा अफगानिस्तानमा पश्चिमी बलमा सबैभन्दा हिंस्रक हमलामा संलग्न रह्यो । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका नेता सिराजुद्दीन हक्कानी तालिबानको नयाँ सरकारमा गृहमन्त्री हुन् ।

    अफवाहको बजार अघिल्लो हप्ता त्यतिबेला तात्तियो जब तालिबानको सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिने बरादर सार्वजनिक रुपमा देखिन छोडे । सोसल मिडियामा उनको मृत्युको खबर आउन थाले ।

    बरादर कहाँ छन् ?

    बीबीसीसँग तालिबानको स्रोतले बताए अनुसार विवादका कारण बरादर काबुल छोडेर कंधार गएका छन् । सोमबार बरादारको नाममा एउटा अडियो टेप जारी गरियो जसमा उनी यात्राका लागि बाहिर गएको बताइएको छ । उक्त अडियो टेपमा ‘यतिबेला उनी जहाँ छन्, ठिक छन्’ भनिएको छ ।

    उक्त अडियो रेकर्डमा कसको आवाज छ भनेर खोजबिन गरिएको छैन । यो अडियो टेपलाई तालिबानको थुप्रै आधिकारिक वेबसाइटमा पोस्ट गरिएको छ ।

    तालिबानले सरकारभित्र कुनै विवाद नभएको र बरादर सुरक्षित भएको बताएको छ । तर हाल बरादर के गरिरहेका छन्, यो विषयमा भिन्न भिन्न कुरा सार्वजनिक भइरहेका छन् । एक प्रवक्ताले बरादर कंधार सर्वोच्च नेतालाई भेट्न गएको बताएका थिए तर पछि उनले पछि उनी थाकेका कारण हाल आराम गर्न चाहेको बताए ।

    अफगानी जनताबीच तालिबानको बयानमाथि शंका गर्नुपर्ने थुप्रै कारण छन् । सन् २०१५ मा तालिबानले आफ्ना संस्थापक नेता मुल्ला उमरको मृत्युको खबर दुई वर्षभन्दा बढी समयसम्म लुकाएको राखेको स्वीकार गरेको थियो । यतिबेला तालिबानले मुल्ला उमरको नाममा बयान जारी गरिरह्यो ।

    तालिबानका सर्वोच्च नेता कहाँ छन् ?

    बीबीसीसँग स्रोतले दिएको जानकारी अनुसार बरादर काबुल पुगेर क्यामराको अगाडि आउन सक्छन् र कुनै पनि प्रकारको विवादको कुरालाई खारेज गर्न सक्छन् ।

    तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अअुन्दजादाको विषयमा पनि विभिन्न प्रकारहको अड्कलबाजी छन् । उनी सार्वजनिक रुपमा कहिल्यै देखिएका नै छैनन् । उनीसँग तालिबानको राजनीतिक, सैन्य र धार्मिक मामिलाको जिम्मेवारी छ ।

    यसैबीच अफगानिस्तानका कार्यकारी विदेश मन्त्रीले मंगलबार अन्तर्राष्ट्रिय दानकर्तासँग पुनः मद्दतको अपिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदारले आफ्नो मद्दतको विषयमा राजनीति गर्न नहुने बताएका छन् । संयुक्त राष्ट्रले अफगानिस्तानमा स्थिति भयानक रुपमा बिग्रने चेतावनी दिएको छ । त्यसपछि एक अर्ब डलरभन्दा बढीको मद्दतका लागि पहल सुरु गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया