• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    माधव नेपालको एसबाट मन्त्री बन्नेहरुको अन्तिम लिष्ट बाहिरियो, नामावलीसहित

    3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेबाट विभाजित भइ एकीकृत समाजवादी पार्टी गठन गरेको माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।

    साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

    नेपालनिकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।

    केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका प्रेम प्रसाद आलेले ओली समूहबाट विद्रोह गरेर ८ संसादसहित माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएकाले यसको उच्च कदर गर्दै आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी चलीरहेको स्रोतले जनाएको छ ।

    यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को पहिलो महिला अध्यक्ष भैसकेकी साथै हाल नेकपा एकीकृत समाजवादी पार्टीमा निडरताका साथ माधव नेपालको पक्षमा उभिएकी महिला नेत्री रामकुमारी झाँक्रीलाई शिक्षामन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    समाजवादीसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। माधव नेपाल नेतृत्वको पार्टीले उपसभामुखसहित ६ वटा मन्त्री पाउने करिब निश्चित भएको छ। उपसभामुखमा सरला यादव र कल्याणीकुमारी खड्का मध्ये एकलाई पठाउने तयारी अध्यक्ष नेपालले गरेका छन्।

    पटक–पटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादीस्रोतले जनाएको छ ।

    त्यससँगै राष्ट्रियसभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुबै सदनमा गरी प्रमुख सचेतक र सचेतक ९चार जना० को छनौट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी संयोजक माधव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

    हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा।खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री वा निरादेवी जैरु अग्रपंक्तिमा छन् ।

    त्यस्तै माधव नेपालले आफुलाई साथ दिने सबै सांसदलाई मन्त्री बनाउने योजना अघि सारेका छन्। अहिले सरकारमा जाने मन्त्रीहरुले ६ देखि ९ महिना काम गर्ने र फेरि अर्को चरणमा निर्वाचनलाई ध्यानमा राख्दै अरुले नै मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । ‘अवसरको समान वितरण र न्यायोचित जिम्मेवारीका निम्ति यस्तो नीति बनाइएको हो’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘अहिले सरकारमा नपरेका साथीहरु अर्को पटकको पुनर्गठनमा पर्ने निश्चित गरिन्छ ।’

    यस्तै नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।

    मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’, ओलीले भने, ‘बल मिचाइलाई स्वीकारेनौ । यो विलकुल जायज छ र जारी रहन्छ ।’

    शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेशबाट नआएको र परमादेशबाट आएको भन्दै जनादेशबाट अर्को सरकार आउनै नसक्ने भएकाले चुनाव भएपछि सत्तापक्ष थुरथुर भएको बताए ।

    उनले ५ गठबन्धनमा आवद्ध पार्टीहरूलाई तीतेपातीको र एमालेलाई सालको रुखको संज्ञा दिँदै तीतेपातीका जति बुट्टा भएपनि सालको रुखलाई उछिन्न नसक्ने दावी समेत गरे । उनले फागुनमै निर्वाचन गरेर देखाउन चुनौती समेत दिए । ‘फागुनमा चुनाव गर, एमाले फुटेको छ । त्यतिबेला थाहा पाउँछौ,’ ओलीको चुनौती छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया