• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

    447
    SHARES

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार २६६ जनाको पीसीआर परीक्षणमा १ हजार १८० र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८२ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

    यता प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन् । कोभिडको पछिल्लो लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जोखिममा रहेको वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री देउवाको यो भनाइ सार्वजनिक भएको हो ।

    ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड(१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताए । कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

    देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया