• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक, कतिले गरे पास ? सूचीसहित

    633
    SHARES


    काठमाडौं । केयरगिभरका रूपमा रोजगारीका लागि इजरायल जान चाहने श्रमिक छनोटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    सरकारी तहबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी थिए। आज सो परीक्षाको नजिता सार्वजनिक भएको हो। प्रकाशित नजिता अनुसार २ हजार ३९ जनाले भाषा पास गरेका छन।

    त्यस्तै यता बहराइनको नासिर सिड अल हाजरी कर्पोरेसन (एनएसएच) कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई स्वदेश फर्कन चाहेको खण्डमा सेवासुविधासहित कम्पनीले फिर्ता पठाउने भएको छ ।

    बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली कामदारले स्वदेश फिर्तीका लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको पनि जनाएको छ ।

    आइतबार अर्थात् १२ सेप्टेम्बरमा दूतावासका कर्मचारी, बहराइनको श्रम मन्त्रालय तथा आन्तरिक मन्त्रालयका पदाधिकारी तथा सुरक्षाकर्मी , सम्बन्धित कम्पनीका पदाधिकारीको रोहवरमा श्रमिकहरूलाई घर फिर्तीको सहजिकरणको लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको हो ।

    दूतावासका अनुसार उक्त क्याम्पमा कामदारहरूले नियमानुसार प्राप्त गर्नुपर्ने सेवा, सुविधाहरू सम्बन्धमा हिसाब फर्छौट गरि चाँडै नेपाल पठाइने जनाएको छ ।

    गत मंगलबार मध्याह्न खाना खाइरहेका बेला एक श्रमिक अचानक ढले पनि तत्काल अस्पताल नलैजादा ती श्रमिकको मृत्यु भएको भन्दै कम्पनीविरूद्ध आन्दोलन चर्किएको छ । कम्पनीमा खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर कम्पनीमा कार्यरत करिव ७ सय नेपाली तथा अन्य देशका कामदारहरु आन्दोलनमा उत्रिएका थिए ।

    यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनले पनि एक सूचना जारी गर्दै एनएसएच कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई संयमित रहन कम्पनीको नियम कानूनको परिधिमा रहन भनेको छ ।

    साथै,एनआरएनएले कुनै मञ्जुरीनामा वा करार पत्रमा हस्ताक्षर गर्नुपर्ने अवस्था आएमा राम्रोसंग अध्ययन गरेर मात्र हस्ताक्षर गर्न सुझाव दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया