• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं-अर्थमन्त्री शर्मा

    170
    SHARES

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेश भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् ।

    एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेश भएका छन् । एमालेलाई सहमतिमा ल्याएर ती विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् ।

    ‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छौं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छौ ।’ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने चर्चा भए पनि उनले त्यो विषयमा सरकारले नसोचेको बताएका छन् । उनले अध्यादेश नल्याउने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया